Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

भोटेकाशी बाढी र जलवायु सङ्कटबारे विज्ञहरूसँग छलफल

भोटेकाशी बाढी र जलवायु सङ्कटबारे विज्ञहरूसँग छलफल

बुधबार, भदौ १७ २०८३
बुधबार, भदौ १७ २०८३
  • काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको समुपस्थितिमा जलवायु विज्ञहरूसँग भोटेकोशी नदीमा आएको विनासकारी बाढी र जलवायु संकटका विषयमा छलफल भएको छ।

    images

    मन्त्रालयमा मंगलबार भएको छलफलले जलवायु परिवर्तनका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थिति र दाबी प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ। सो अवसरमा मन्त्री चौधरीले जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्दै आगामी कोप–३१ सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले माउन्टेन एजेन्डाको नेतृत्व गर्ने बताएकी थिइन्।

    साथै उनले जलवायु संकटले निम्त्याएका बहुआयामिक चुनौतीहरूको सामना गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको अधिकार सुनिश्चित गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेकामा जोड दिएकी थिइन्।

    यही भदौ १० गते भोटेकोशीमा आएको बाढीलाई जलवायु संकटसँग जोडेर यसको तत्काल वैज्ञानिक अध्ययन, क्षतिको यथार्थ मूल्याङ्कन र पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्ने बारेमा विज्ञहरूले सुझाव दिएका थिए।

    भोटेकोशी–त्रिशूली क्षेत्रको विपद्पश्चात् पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्दै विशेष कोष स्थापना गर्न पहल गर्नुपर्ने समेत विज्ञहरूको सुझाव छ।

    छलफलमा विज्ञहरूले तापक्रम वृद्धि, हिमपात र चट्टानमा देखिएका चिराहरूको सुक्ष्म अध्ययनका लागि हिमनदी विज्ञ तथा वैज्ञानिकहरूको ज्ञानलाई अधिकतम उपयोग गर्नुपर्ने बताएका थिए।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij