काठमाडौं । केही महिनाअघि नदी किनारका बस्तीमा डोजर चलेपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा ल्याइएका सुकुम्बासी परिवार शुक्रबार मध्यराति आएको बाढीपछि फेरि विस्थापित भएका छन्। वर्षासँगै सेन्टरभित्र पानी र हिलो पसेपछि त्यहाँ बस्दै आएका परिवारलाई शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा कीर्तिपुरकै स्मृति भवनमा सारिएको छ। उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।

शुक्रबार राति करिब १ बजेतिर आएको बाढीले त्रिपालमुनि राखिएका ओछ्यान, कम्बल, लत्ताकपडा र दैनिक उपभोगका सामग्री भिजाएको थियो। धेरै परिवारले रातभर आफ्ना सामान जोगाउने प्रयास गरे भने सुरक्षाकर्मीले वृद्धवृद्धा, महिला र बालबालिकालाई सुरक्षित स्थानमा पुर्याएका थिए।


वैशाख १२ गते काठमाडौं महानगरपालिकाले नदी तथा खोला किनारका बस्ती हटाएपछि ती परिवारलाई अस्थायी रूपमा कीर्तिपुर, चांगुनारायण र अन्य होल्डिङ सेन्टरमा राखिएको थियो। तर, अस्थायी बसोबासका लागि बनाइएको कीर्तिपुर सेन्टर नै वर्षाका कारण असुरक्षित बनेपछि उनीहरू दोस्रोपटक विस्थापनको मारमा परेका छन्।


यसअघि सरकारले होल्डिङ सेन्टर खाली गर्न पटक–पटक सूचना जारी गरेको थियो। सेन्टर छाड्न आग्रह गर्दै त्यहाँ उपलब्ध गराइँदै आएको खाना र पानीको व्यवस्थासमेत क्रमशः कटौती गरिएको थियो। सरकारले प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ र त्यसपछि तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरे पनि अधिकांश परिवार अझै सेन्टरबाट बाहिरिन सकेका छैनन्।

पीडितहरूको भनाइमा मुख्य समस्या आर्थिक सहायता होइन, बस्नका लागि कोठा नपाउनु हो। आफूहरू सुकुम्बासी भएको थाहा पाएपछि धेरै घरधनीले कोठा दिन अस्वीकार गर्ने गरेको उनीहरूको गुनासो छ।


यसअघि सरकारले होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गर्दै निश्चित समयभित्र बाहिरिन निर्देशन दिएको थियो। त्यसपछि सेन्टरमा उपलब्ध गराइँदै आएको खाना र पानीको व्यवस्थासमेत क्रमशः घटाइएको थियो। सरकारले प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ र त्यसपछि तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ उपलब्ध गराएर भाडामा बस्न आग्रह गरेको भए पनि धेरै परिवारले उक्त सुविधा लिन सकेका छैनन्।

उनीहरूका अनुसार काठमाडौं उपत्यकामा कोठा खोज्दा आफू सुकुम्बासी भएको थाहा पाएपछि धेरै घरधनीले बस्न अस्वीकार गर्ने गरेका छन्। रकम भए पनि बस्ने ठाउँ नपाउने अवस्था रहेको उनीहरूको गुनासो छ।


