Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सरकारसँग न्याय माग्दै युवा माइतीघरमा (फोटो फिचर)

सरकारसँग न्याय माग्दै युवा माइतीघरमा (फोटो फिचर)

शुक्रबार, असार २६ २०८३
शुक्रबार, असार २६ २०८३
  • काठमाडौं । माइतीघर मण्डला शुक्रबार फेरि एकपटक आक्रोशको केन्द्र बनेको छ। कालो कपडा लगाएका, हातमा प्लेकार्ड बोकेका र मुठ्ठी कस्सिएका सयौं युवाहरू अहिले सडकमा उभिएका छन्। कसैले 'सरकारी बेवास्ताको जवाफदेही को?' भन्दै प्रश्न गरिरहेका छन् भने कसैले 'गणेश नेपालीलाई न्याय देऊ' भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। एउटै घटनाले जन्माएको पीडा आज सामूहिक विरोधमा रूपान्तरित भएको छ।

    images

    WhatsApp Image 2026-07-10 at 3.57.00 PM (2).jpeg

    राहदानी विभाग नजिकै बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएपछि युवाहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका हुन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, जिम्मेवार पक्षमाथि कारबाही र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

    WhatsApp Image 2026-07-10 at 3.57.07 PM.jpeg

    प्रदर्शनस्थलमा विभिन्न सन्देश लेखिएका प्लेकार्ड देखिन्छन्। 'आत्मदाहको क्षति कसले बेहोर्ने?', 'न्याय नभएसम्म आन्दोलन रोकिन्न' र 'सरकार जवाफ दे' जस्ता नाराले प्रदर्शनकारीको असन्तुष्टि झल्काइरहेका छन्। केहीले गणेश नेपालीको तस्बिर बोकेका छन् भने केही मौन बसेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

    WhatsApp Image 2026-07-10 at 3.57.00 PM (2).jpeg

    माइतीघर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको छ। प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहे पनि नाराबाजीका कारण क्षेत्र केहीबेर तनावपूर्ण बनेको छ। सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ भने सवारी आवागमनमा पनि आंशिक प्रभाव परेको छ।

    05a748f9-bb62-4859-a278-5f5251106335.jpg

    गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार निधन भएको हो। उनको मृत्युपछि सामाजिक सञ्जालदेखि सडकसम्म न्यायको माग चर्किएको छ।

    WhatsApp Image 2026-07-10 at 3.57.03 PM (2) - Copy.jpeg

    WhatsApp Image 2026-07-10 at 3.57.06 PM.jpeg

    WhatsApp Image 2026-07-10 at 3.57.06 PM (1).jpeg

    माइतीघरमा जारी प्रदर्शनले अहिले एउटा व्यक्तिको मृत्यु मात्र होइन, राज्यको जवाफदेहिता, सार्वजनिक सेवाप्रतिको नागरिकको भरोसा र निराशाको सीमाबारे पनि प्रश्न उठाइरहेको छ। प्रदर्शनकारीहरूको भनाइमा, गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नभएसम्म आन्दोलन रोकिने छैन।

    WhatsApp Image 2026-07-10 at 3.57.00 PM (1).jpeg

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij