Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

७७ फरार प्रतिवादी पक्राउ

७७ फरार प्रतिवादी पक्राउ

बिहीबार , असार ४ २०८३
बिहीबार , असार ४ २०८३
  • काठमाडौं। बाँकेमा जेठ महिनाभित्र फरार रहेका ७७ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको छ। अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि सम्पर्क बाहिर रहेका उनीहरूलाई विशेष खोज अभियानमार्फत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    images

    बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार पक्राउ परेकामध्येबाट कुल १ करोड ५९ लाख २३ हजार २७४ रुपैयाँ जरिवाना असुल गरिने भएको छ । साथै फरार रहेका प्रतिवादीहरूले जम्मा १४ वर्ष १ महिना ३ दिनको कैद सजाय भुक्तान गर्नुपर्ने छ।

    प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी लक्षित अभियान निरन्तर सञ्चालन हुँदै आएको छ। यसै अन्तर्गत महिनैपिच्छे दर्जनौँदेखि ८० जनासम्म फरार व्यक्तिहरू पक्राउ पर्ने गरेका छन्।

    यसैबीच, जेठ महिनामा बाँकेमा १५९ वटा नयाँ मुद्दा दर्ता भएका छन्। तीमध्ये १४ वटा जघन्य अपराध, ५२ वटा गम्भीर प्रकृतिका र बाँकी सामान्य प्रकृतिका छन्। महिला तथा बालबालिकासम्बन्धी १३, ज्येष्ठ नागरिकसँग सम्बन्धित १४ र आर्थिक अपराधसँग जोडिएका ३४ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij