Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

दिगो खानेपानीका लागि महिला नेतृत्व अपरिहार्य

दिगो खानेपानीका लागि महिला नेतृत्व अपरिहार्य

सोमबार, वैशाख २१ २०८३
सोमबार, वैशाख २१ २०८३

  • काठमाडौं। नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि खानेपानी सेवा उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहसम्म पुगेको छ। यसले गर्दा कतिपय ठाउँमा समितिहरू सक्रियता घटाएको छ । तर ग्रामीण क्षेत्रमा यस्ता समितिको भूमिका अझै अपरिहार्य छ। काठमाडौंजस्ता सहरी क्षेत्रमा ठूला खानेपानी आयोजना सञ्चालनमा रहेका छन्, तर त्यहाँ पनि समुदायसँग जोडिने तहमा यिनै समितिहरूको उपस्थिति देखिन्छ। तर यस्ता समितिको नेतृत्वमा महिला पुग्नुपर्ने बहस कम हुन्छ। खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले यसपालि यिनै विषयमा बहस र पैरवीको काम गरेको छ।  वि.सं. २०६० सालमा स्थापना भएको फेडवासन देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूको छाता सङ्गठन हो। यसले उपभोक्ता समितिहरूलाई सशक्त बनाउने, सुरक्षित पानीको पहुँच विस्तार गर्ने तथा नीतिगत तहमा उपभोक्ताको आवाज उठाउने काम गर्छ। महासङ्घले तालिम, अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रममार्फत महिलाहरूलाई नेतृत्वमा अघि बढाउन प्रयास गर्दै आएको छ।

    images


    तपाईंले पिउने पानी तपाइएको घरसम्म कसरी पुग्छ रु कहिल्यै सोच्नुभएको छ ? यसका लागि सरकार र सामुदायिक तहबाट निरन्तर प्रयास भइरहेको छ। यसमा पनि सामुदायिक स्तरबाट बनेका खानेपानी उपभोक्ता समितिहरूको भूमिका महत्वपूर्ण छ। देशभर अहिले ४० हजारभन्दा बढी यस्ता समितिहरूले समुदाय स्तरमै पानीको व्यवस्थापन गर्दै आएका छन्। यिनले करिब ८० प्रतिशत जनतालाई पानी पुर्याएको अनुमान गरिन्छ।


    नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि खानेपानी सेवा उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहमा पुगेको छ। यसले गर्दा कतिपय ठाउँका समितिहरू सक्रियता घटाएको छ । तर ग्रामीण क्षेत्रमा यस्ता समितिको भूमिका अझै अपरिहार्य छ। काठमाडौंजस्ता सहरी क्षेत्रमा ठूला खानेपानी आयोजना सञ्चालनमा रहेका छन्, तर त्यहाँ पनि समुदायसँग जोडिने तहमा यिनै समितिहरूको उपस्थिति देखिन्छ। 


    सुरक्षित खानेपानी नागरिकको मौलिक अधिकार पनि हो । यही अधिकारलाई व्यवहारमा उतार्न उपभोक्ता समितिहरूले खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय देखिन्छ। खानेपानी व्यवस्थापनको कुरा गर्दा अर्को प्रश्न पनि उठ्छ उपभोक्ता समितिको निर्णय गर्ने ठाउँमा काे छन्?  लैङ्गिक आधारमा हेर्दा त्यस्ता ठाउँमा पुरूषको बाहुल्यता देखिन्छ। नेपालको संविधानको धारा १८ र ३८ मा भएका व्यवस्थाले महिलालाई लैङ्गिक समानता र समावेशी सहभागितालाई सुनिश्चित हुनुपर्ने कुरा गर्छन्। खानेपानी तथा सरसफाइका क्षेत्रमा पनि स्थानीय सरकारले बनाएका कार्यविधिमा पनि यि कुरा समावेश छन्। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ। देशभरकको अवस्था हेर्दा यस्तो सहभागिता पुगेको छ। 


    कतिपय स्थानीय तहले अध्यक्ष, सचिव वा कोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था पनि गरेका छन्। तर अधिकांश समितिमा यस्ता पदमा रहने महिला भने धेरै कम छन्। अध्ययनले यस्तो नेतृत्व पदमा महिलाको सहभागिता करिब ७ प्रतिशत मात्र रहेको देखाउँछन्। यो तथ्याङ्क क्षेत्रगत हिसाबमा फरक छ। तराई र सुदुरपश्चिम क्षेत्रका खानेपानी समीति निर्णायक पदमा महिला धेरै कम छन्।


    खानेपानी तथा उपभोक्ता समितिमा रहको यही अन्तर घटाउनका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल फेडवासनले महिला नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। वि.सं. २०६० सालमा स्थापना भएको फेडवासन देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूको छाता सङ्गठन हो। यसले उपभोक्ता समितिहरूलाई सशक्त बनाउने, सुरक्षित पानीको पहुँच विस्तार गर्ने तथा नीतिगत तहमा उपभोक्ताको आवाज उठाउने काम गर्छ। महासङ्घले तालिम, अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रममार्फत महिलाहरूलाई नेतृत्वमा अघि बढाउन प्रयास गर्दै आएको छ।


    यसै क्रममा बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा महिला नेतृत्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। चितवन र महोत्तरीमा ‘खानेपानी तथा सरसफाइ क्षेत्रमा महिला सहभागितास् सम्भावना र चुनौती’ विषयमा दुई दुई दिने कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सहभागी महिलाहरूले नेतृत्व विकास, समस्या पहिचान र समाधानका सीपहरू सिकेका थिए। कार्यक्रमकै क्रममा सहभागीहरूको पहलमा महिला मञ्च पनि गठन गरिएको छ, जसले खानेपानी व्यवस्थापनमा महिलाको आवाजलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

    यसैगरी, महासङ्घले बागमती प्रदेश र मधेश प्रदेश समेट्ने गरी हेटौँडा र महोत्तरीमा महिला नेतृत्वकै विषयमा अर्को कार्यक्रम पनि गर्यो। यसपटक भने महिला नेतृत्व प्रवर्द्धनमा पुरुषहरूको भूमिकाबारे कार्यक्रम भएको थियो। महिला नेतृत्वको विकास केवल महिलाकै प्रयासबाट सम्भव हुँदैन। समुदायमा रहेका पुरुषहरूको सकारात्मक भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ। महिलालाई नेतृत्वमा अघि बढ्न सहयोग गर्ने, समान अवसर उपलब्ध गराउने र निर्णय प्रक्रियामा सहभागी गराउने वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी रहेको स्वयं पुरुष नै बताउँछन्।


    नेपालको सन्दर्भमा अझै पनि सुरक्षित पानीको पहुँच चुनौतीपूर्ण छ। यस्तो अवस्थामा खानेपानीको प्रभावकारी र दिगो व्यवस्थापनका लागि समावेशी नेतृत्व अपरिहार्य देखिन्छ। खानेपानी व्यवस्थापन पूर्वाधार निर्माणको कुरा मात्र होइन, यसले लैङ्गिक सहभागिता, नेतृत्व विकास र महिला अधिकारलाई पनि छुनुपर्छ। समुदायमा पानीसँग सबैभन्दा नजिक रहने महिलाहरू निर्णय प्रक्रियामा समान रूपमा सहभागी भएमा त्यसले सेवा अझ व्यवहारिक, प्रभावकारी र दिगो बनाउन सक्छ। दिगो खानेपानी तथा सरसफाइका लागि महिला नेतृत्वलाई विकल्प रूपमा मात्र नलिएर, आवश्यकता ठानेर अगाडी बढ्नुपर्छ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij