Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

टोखा नगरपालिकाको सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन

टोखा नगरपालिकाको सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन

बिहीबार , वैशाख १७ २०८३
बिहीबार , वैशाख १७ २०८३
  • काठमाडाैं। टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका नदी करिडोर, सार्वजनिक तथा सरकारी जग्गामा भएका अनधिकृत अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ। नगर कार्यपालिकाको क्षेत्रभित्रका सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका निजी भौतिक संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित पक्षले स्वयं हटाउनुपर्नेछ।

    images

    तोकिएको समयसीमा भित्र त्यस्ता संरचनाहरू नहटाएमा प्रचलित कानुन बमोजिम आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ। सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने कार्यमा सहयोग पुर्‍याउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईद्वारा जारी गरिएको यस सूचनामार्फत सबै सरोकारवालाहरूलाई जानकारी गराइएको छ।

    WhatsApp Image 2026-04-30 at 12.44.01 PM.jpeg

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij