Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

११० समानुपातिक सांसदले पाए आयोगको प्रमाणपत्र

११० समानुपातिक सांसदले पाए आयोगको प्रमाणपत्र

बिहीबार , चैत ५ २०८२
बिहीबार , चैत ५ २०८२
  • काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूले अन्ततः आफ्नो प्रमाणपत्र प्राप्त गरेका छन्।

    images

     निर्वाचन आयोगले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी विभिन्न राजनीतिक दलबाट चयन भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो। उक्त कार्यक्रममा देशका प्रमुख राजनीतिक दलहरूबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 

    आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट चार-चार जना सांसद निर्वाचित भएका छन् ।

    प्रमाणपत्र वितरण कार्यक्रम निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो,जहाँ नवनिर्वाचित सांसदहरू उत्साहित देखिन्थे। प्रमाणपत्र प्राप्त गरेपछि उनीहरूले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै जनताको अपेक्षा अनुसार काम गर्ने बताएका छन्।

    प्रमाणपत्र पाएपछि सांसदहरूले के प्रतिक्रिया दिए भन्ने विषयमा थप जानकारीका लागि आजको भिडियोलाई हेर्न नछुटाउनु होला।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij