Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'नयाँ-पूरानोको भाष्य बन्द गरौँ'

'नयाँ-पूरानोको भाष्य बन्द गरौँ'

मंगलबार, माघ २० २०८२
मंगलबार, माघ २० २०८२
  • काठमाडौं। भक्सपप नेपालको निर्वाचन विशेष यो कुराकानीमा राजनीतिक विश्लेषक तथा कानूनका प्राध्यापक डा. ज्ञान बस्नेत छन्।

    images

    ‘व्यक्ति पुरानो हुन सक्छ, तर दल पुरानो हुँदैन,’ उनी भन्छन्, ‘त्यसैले नयाँ–पुरानो भन्ने बहसको अन्त्य गर्नुपर्छ।’

    डा. बस्नेतका अनुसार नयाँ दलहरूलाई निर्वाचनमा जित हासिल गर्न कठिन छ। राजनीतिमा माहोल तातिँदै जाँदा कसैले चुनाव हुन्छ भन्छन् भने कसैले हुँदैन भनी आशंका गरिरहेका छन्। तर पूर्ण रूपमा निर्वाचनको तयारीमा दलहरू होमिइसकेकाले अब निर्वाचन रोकिन नसक्ने उनको भनाइ छ।

    उनले भने, ‘अब कुनै पनि हालतमा निर्वाचन रोकिनु हुँदैन। निर्वाचन रोकिँदा राष्ट्रलाई ठूलो प्रभाव पर्छ।’ पुराना दलहरू निर्वाचनको विपक्षमा देखिनुको कारण उनीहरूको लोकप्रियता नयाँ नेतृत्वजत्तिकै नरहनु हो, जसले गर्दा जित हासिल गर्न उनीहरूलाई कठिन हुने बस्नेतको विश्लेषण छ।

    राजनीतिमा मात्र होइन, विभिन्न क्षेत्रमा व्याप्त नातावादका कारण देशमा खराब वातावरण सिर्जना भएको उनले बताए। विगतमा सत्ताशिन दलका नेताले सुशासनको पालना नगरेकाले अहिले देशको अवस्था गम्भीर बनेको उनको भनाइ छ। पुस्तौँदेखि यस्ता समस्या दोहोरिँदै आएको भन्दै पुराना दलहरूले आफ्ना गलत गतिविधिहरू स्वीकार गरे मात्र देशले निकास पाउनेमा उनको जोड छ।

    यसपालि चुनावमा नयाँ अनुहार छन्। नयाँ अनुहारले देशमा परिवर्तन ल्याउने विश्वास उनले व्यक्त गरे। भदौ २३ र २४ मा भएको आन्दोलन पहिलो जनआन्दोलन होइन। देशको अवस्था गम्भीर हुँदा यसअघि पनि थुप्रै जनआन्दोलन भएका छन्, तर त्यसले अपेक्षित परिवर्तन ल्याउन नसकेको उनी बताउँछन्।

    काठमाडौंमा आएको परिवर्तनपछि सबैको आशा बालेन्द्र शाहतर्फ केन्द्रित भएको भन्दै झापा–५ बाट चुनाव लडेमा बालेनले जित्ने दाबी उनले गरे। बालेन्द्र शाहजस्ता अन्य व्यक्तिहरू पनि राजनीतिमा आए देशमा वास्तविक परिवर्तन आउने उनको भनाइ छ।

    नयाँ दलको आगमनले मतदातामा उत्साह बढाएको भए पनि नयाँ अनुहार मात्र भएर नपुग्ने भन्दै अनुभवी नेतृत्वलाई पनि मूल्यांकन गरेर मतदान गर्नुपर्ने उनको भनाइ छ।

    देशको गम्भीर अवस्था विदेशी कारणले मात्र भएको भन्ने भाष्यले झन् नकारात्मक प्रभाव पार्ने उनले बताए।

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij