काठमाडौं। आज मुलुकभर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। आज उनको योगदानको स्मरण र सम्मान प्रकट गर्दै कार्यक्रम गरिन्छ।

वि.सं. १७७९ मा गोरखामा जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएको नेपाललाई एकीकृत गरी आधुनिक राष्ट्रको जग बसालेको पाइन्छ। शाहको एकीकरण अभियान र 'दिव्योपदेश' ले भ्रष्टाचार न्यूनीकरण, सुशासन र वैदेशिक रणनीति मा आज पनि उत्तिकै मार्गदर्शन गरिरहेको छ। उनलाई आदर्श, दूरदर्शी र सक्षम राजाका रूपमा पनि हेर्ने गरिन्छ।


दिवसका अवसरमा सिंहदरबार अगाडि रहेको सालिक र सैनिक मुख्यालयमा माल्यार्पण गरिनुका साथै राजनीतिक दलहरूले विभिन्न कार्यक्रम गरेका छन्। यस्तै, आमनागरिक पनि विभिन्न कार्यक्रममा सामेल भए।

पुष २६ गते हिजो पूर्वराजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्दै देशले सामना गर्नुपरेको सङ्कटप्रति चिन्ता व्यक्त गरे। देश गम्भीर सङ्कटमा रहेको भन्दै आफू राजा भएर आउन तयार रहेको उनले सम्बोधनमा भने। आजको सन्दर्भमा यसलाई महत्वका साथ हेरिएको छ।
यिनै सन्दर्भ तथा पृष्ठभूमिमा रहेर आज हामीले भक्सपप लिएका छौँ।


