Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

एमालेको ११ औँ महाधिवेशन

एमाले कार्यकर्तालाई प्रश्न - 'नेतृत्वमा को चाहनुहुन्छ ?'

एमाले कार्यकर्तालाई प्रश्न - 'नेतृत्वमा को चाहनुहुन्छ ?'

आइतबार, मंसिर २८ २०८२
आइतबार, मंसिर २८ २०८२
  • काठमाडौं। अहिले एमालेको ११ औँ महाधिवेशन चलिराखेको छ। हिजो शनिवार भक्तपुरमा सुरू गरिएको महाधिवेशनको दोस्रो दिन आज काठमाडौँको भृकुटीमण्डपमा बन्द सत्र सुरू भयो।

    images

    बन्द सत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्नेछन्। आइतबार बन्द सत्र सुरू हुनु पहिले बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार, पार्टी पदाधिकारीको संख्या बढाएर १९ कायम गरिएको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना पदाधिकारी रहनेछन्। यो सहित केन्द्रिय सदस्य सङख्या ३०१ रहने निर्णय बैठकले गर्यो ।

    यस्तै, केन्द्रीय निर्वाचन आयोगले आइतवार बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको निर्वाचन तालिका पनि सार्वजनिक गरिसकेको छ। सोमवार बेलुकासम्म मतदाता तथा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी पुष १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

    पार्टी अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल आकांक्षी छन्। एमालेको यो महाधिवेशनलाई ओली र पोखरेलको कडा शक्ति संघर्षका रूपमा हेरिएको छ। दुबै पक्षका कार्यकर्ताले आआफ्नो दाबी दिँदै आएका छन्।

    विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गर्दा पोखरेल असन्तुष्ट बनेका थिए । अहिले उनी इतर खेमाको नेतृत्व गर्दै एमाले अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका छन् । नेकपा एमालेमा सधैं पार्टीको संस्थापन भएर काम गरेका पोखरेल यसपटक विद्रोही भएका छन्।

    पोखरेल नेकपा एमालेमा अहिले भएकामध्येकै सबभन्दा लामो समय केन्द्रीय समितिमा बसेर काम गरेका नेता हुन्। पोखरेलले १४ वर्ष जेल परेका ओलीभन्दा धेरै पार्टी निर्माणमा काम गरेको एमालेकै नेताहरू बताउँछन्।

    पोखरेलले यो महाधिवेशनलाई जीत-हारभन्दा पनि पार्टीभित्र कोही पनि प्रश्नभन्दा माथि छैन र सामूहिक निर्णयको पक्षमा वकालत गर्ने प्रयासका रूपमा लिएका छन्।

    अर्कातर्फ ओलीले आफूविरूद्ध घेराबन्दी गरिएको महाधिवेशनलाई परीक्षण गर्ने थलोका रूपमा लिएका छन्। उनले खुलेरै आफूलाई अलोकप्रिय भएको प्रचार गरिएकाले त्यसलाई चिर्न महाधिवेशनबाट परीक्षण हुन चाहेको बताएका छन्।

    यसैले, महाधिवेशनबाट ओली वा पोखरेल कसले एमालेको नेतृत्व गर्छ भन्ने विषयलाई व्यापक चाँसोका साथ हेरिएको छ।

    यहि पृष्ठभूमीमा आइतवार काठमाडौँको भृकुटीमण्डपमा भेला भएका नेकपा (एमाले) कार्यकर्ताको धारणा लिएका छौँ। हामीले सोध्यौँ- ओली र पोखरेलमध्ये कसले एमालेको नेतृत्व गरोस् भन्ने चाहनुहुन्छ ?

    सुनौँ, उनीहरूको कुरा !







    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij