Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

युथ भोइसमा नुर्पुसँग पर्यटनका कुरा

युथ भोइसमा नुर्पुसँग पर्यटनका कुरा

आइतबार, मंसिर २१ २०८२
आइतबार, मंसिर २१ २०८२
  • कठमाडौँ। आजको 'युथ भोइस' मा हामीले पर्यटन व्यवसायी तथा टुर गाइड नुर्पु लामासँग कुराकानी गरेका छौँ। कार्यक्रममा उनले नेपालको पर्यटन क्षेत्रको अपार सम्भावना रहेको तर सरकारले यसको प्रवर्धन नगरेको उनको भनाई छ। उनी हुम्लाका हुन्। काठमाडौँमा रहेर लामो समयदेखी टुरिस्ट गाइडको रूपमा काम गर्दै आएका छन्। 

    images

    युथ भोइसको यो अंकमा नुर्पु लामाको कुरा जस्ताको त्यस्तै!

    नेपालमा पर्यटनको ठूलो सम्भावना छ। यो हाम्रो देशको मुख्य उद्योग हो। यहाँ हिमाल, पहाड र तराई एकै ठाउँमा छ। हाम्रो सांस्कृतिक विविधता पनि धेरै राम्रो छ। यसले सबैलाई फाइदा पुर्‍याउँछ।

    तर, चुनौतीहरू पनि धेरै छन्। पर्यटकलाई सुरक्षा चाहिन्छ। यहाँ पूर्वाधार कमजोर छ। सडक र हवाई सेवा राम्रो छैन। सबैभन्दा ठूलो समस्या सञ्चार को हो।

    माथि हिमालमा फोनको सिग्नल आउँदैन। रेस्क्यु गर्नुपर्दा फोन गर्न गाह्रो हुन्छ। एकपटक गोर्खा ट्रेकमा त्यस्तै भयो। हिउँले बाटो थुन्यो। एकजना पर्यटक खोलामा खसे। सञ्चार नहुँदा हामीलाई साह्रै गाह्रो भयो।

    तर हामी पाहुनालाई भगवान मान्छौँ। हामीले ज्यान दिएर पनि पर्यटकलाई बचायौँ। मेरो एउटा ग्रुप एबिसी बेस क्याम्प गएको थियो। फर्कँदा उनीहरू खुसी भएर रोए। उनीहरूले त्यो जीवनकै अविष्मरणीय यात्रा भने। यो सुनेर मलाई धेरै हौसला मिल्छ।

    मेरो सरकारलाई एउटै आग्रह छ। पूर्वाधार राम्रो बनाउनुहोस्। सञ्चार सुविधा विस्तार गर्नुहोस्। हरेक ठाउँमा नेट पुर्‍याउनुहोस्। विदेशमा नेपाल सुरक्षित छ भनेर प्रचार गर्नुहोस्। हामी सबैले मिलेर काम गर्‍यौँ भने, हामीले यो देशलाई समृद्ध बनाउन सक्छौँ। पर्यटन प्रवर्धन हुनेछ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij