Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

टोखाः सडकमै पाक्छन् नेवारी परिकार

टोखाः सडकमै पाक्छन् नेवारी परिकार

शुक्रबार, मंसिर १९ २०८२
शुक्रबार, मंसिर १९ २०८२
  • काठमाडौं। काठमाडौंको उत्तरी क्षेत्र टोखा, शनिबारको दिन फरक देखिन्छ। सवारी साधन भन्दा मान्छेको भीड ज्यादा हुन्छ। टोखा गेटबाट गणेशथान मन्दिरसम्मको सडक सवारी साधनरहित बनाइन्छ। शनीवार तपाईँ त्यहाँ पुग्नुभयो भने सडकमै आफुले चाहेका नेवारी परिकार पाउन सक्नुहुन्छ।

    images

    शनिबार टोखा पुगेकाले देख्ने पहिलो दृश्य नै हो—सडकमै खाजा खाइराखेका खाजाका पारखीहरू र सडकको छेउछाउमा चुल्होमा परिकार पाकाइरहेकी दिदी–बहिनीहरू।

    यस्तै हुन्छ टोखा नगरपालिकाको टोखा सडक खाजा महोत्सवको शनीवारको दृष्य!

    टोखा गेटदेखी गणेशथान मन्दिर टोखा नगरपालिककाका वडा नंबर २ र ३ को बिचमा पर्ने ठाउँ हो।

    WhatsApp Image 2025-12-05 at 7.19.45 PM.jpeg

    वि.सं. २०८१ असोजदेखि सुरु भएको टोखा सडक खाजा महोत्सव अहिले आन्तरिक र बाह्य दुवै पर्यटकका लागि गन्तव्य बनेको छ। नेवार समुदायको मौलिक स्वाद बुझ्न चाहनेहरूका लागि त यो शनिबारको यात्रा अनिवार्यजस्तै बनिसकेको छ।

    महोत्सव हरेक शनिबार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म चल्छ। भीडमा कोही योमरी चाख्दै हुन्छन्, कोही चटामरीका लागि लाइनमा उभिएका देखिन्छन्, अनि कतै स–साना बालिकाहरूले घरेलु मह, चाकु, स्थानीय तरकारी देखाइरहेका भेटिन्छन्। सडकभरि फैलिएको सजिलो, प्रदूषणरहित वातावरणले यो महोत्सवलाई झन् विशेष बनाउँछ।

    WhatsApp Image 2025-12-05 at 7.08.00 PM (1).jpeg

    महोत्सवको व्यवस्थापन गुठी र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिले गर्दै आएको छ। टोखा नगरपालिकाको संयोजनमा वडा नंबर २ र ३ आयोजना गरेका हुन्। आयोजकका अनुसार नेवारी खाजाको प्रवर्द्धन, स्थानीय महिलालाई आत्मनिर्भर बनाउने, र टोखाको सांस्कृतिक जीवनलाई जीवन्त राख्ने मूल धेयका साथ महोत्सब सुरू भएको हो।

    गत भदौको जेनजी आन्दोलन केहि समय निरन्तरता दिन नसकेको बाहेक अरू समय निरन्तर चलिराखेको आयोजकको भनाई छ ।

    स्थानीय महिलाका लागि यो महोत्सव ‘घरेलु काम–धन्दा’ भन्दा धेरै अगाडि बढेर ‘साना उद्यम’ मा परिणत भएको छ। गाउँघरमै पाक्ने परिकारलाई बजारसम्म लैजाने अभाव अब छैन। उनीहरूले बनाएका बारा, क्वाटी, समयबजी, चटामरीदेखि लिएर मसला भरिएका विशेष परिकारहरू पनि यहाँ भेटिन्छन्। उत्पादन कुहिने, बेच्न नपाई बस्ने समस्या लगभग अन्त्य भएको स्थानीयको अनुभव छ।

    WhatsApp Image 2025-12-05 at 7.19.48 PM.jpeg

    महोत्सवमा आउने जो–कोहीलाई अर्को आकर्षण भनेको यहाँको सांस्कृतिक माहोल हो। नेवारी पोशाकमा सजिएका युवा–युवती, हाँसो सहितको अभिवादन, अनि सँगै जोडिएको टोखाका पुराना मन्दिर र घरहरूको सुन्दरता—यी सबैले महोत्सवलाई खाजा मात्र होइन, त्यहाँको संस्कृति चाख्ने स्थान बनाइदिन्छ।

    केही समय जेनजी आन्दोलनका कारण महोत्सव रोकिए पनि, त्यो क्षणिक मात्र भयो। अहिले फेरि महोत्सव पहिले जस्तै उत्साहका साथ चलिरहेको छ। आयोजकरको अपेक्षा छ—टोखाले सुरु गरेको यो सुन्दर पहलले अन्य नगरपालिकालाई पनि प्रेरित गर्नेछ।

    WhatsApp Image 2025-12-05 at 7.08.01 PM (2).jpeg

    तपाईं नेवारी खाजा तथा संस्कृती मनपराउनुहुन्छ र शनिबार फूर्सद हुन्छ भने तपाईको लागि टोखा उपयुक्त ठाउँ हुनेछ। छोटो टहल, मौलिक स्वाद, र सांस्कृतिक रंग मिसिएको अनुभव चाहिन्छ भने टोखाको सडक खाजा महोत्सव एकचोटि अवश्य पुग्नुहोला।

    तपाईको लागि भिडियो पनि छ, हेर्नुहोस्!

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij