Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

आसन्न निर्वाचन

'धेरै दलले अलमलमा पर्छौँ'

'धेरै दलले अलमलमा पर्छौँ'

शुक्रबार, मंसिर १९ २०८२
शुक्रबार, मंसिर १९ २०८२
  • काठमाडौं। आसन्न निर्वाचनका लागि राजनीतिक दल दर्ता गराउनेको सङ्ख्याले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। निर्वाचन आयोगमा दर्ता भएका दलहरूको सङ्ख्या १२० पुगेको छ, जुन दोस्रो संविधानसभा निर्वाचन यताकै सबैभन्दा बढी हो। यसपालिको निर्वाचनमा सहभागी हुनका लागि मात्रै  २५ वटा नयाँ राजनीतिक दल दर्ता भएका छन्। यसरी दलहरूको सङ्ख्यामा भएको उल्लेख्य वृद्धिले आगामी निर्वाचनको दृश्य कस्तो हुने हो भन्ने बारेमा राजनीतिक वृत्तमा चासो र बहस सिर्जना गरेको छ।

    images

    राजनीतिक विश्लेषकहरू यो सङ्ख्यामा वृद्धि हुनुका सकारात्मक तथा नकारात्मक दुवै पक्ष केलाउँछन्। एकातर्फ, धेरै नयाँ दलहरू निर्वाचन प्रक्रियामा आउनुलाई लोकतन्त्रको सुन्दरता र जनताका विविध विचारहरूलाई प्रतिनिधित्व गर्ने विकल्प बढ्नुको रूपमा हेरिएको छ। यसले पुरानो राजनीतिक नेतृत्वको विकल्प खोजिरहेका मतदाताहरूलाई नयाँ उम्मेदवार छान्ने अवसर प्रदान गर्छ भन्ने तर्क बलियो बनेको छ। दल दर्ता हुनु र चुनावी प्रक्रियामा आउनु स्वाभाविक भएको विचार राख्नेहरूले यसलाई प्रजातान्त्रिक अधिकारको रूपमा लिँदै यसले समावेशी राजनीतिलाई बढावा दिने आशा व्यक्त गरेका छन्।

    यद्यपि, धेरैजसो मतदाताले भने यो वृद्धिलाई लिएर सन्देह र निराशा व्यक्त गरेका छन्। यस विषयमा गरिएको भक्सपपमा धेरैले राजनीतिक प्रणालीमा खासै परिवर्तन नआउने आशङ्का व्यक्त गरे। उनीहरूले नयाँ दल आए पनि पुरानै शैली र प्रवृत्ति  दोहोरिने र देशको राजनीतिक अस्थिरता कायमै रहने चिन्ता व्यक्त गरेका छन्।

    "जुन जोगी आए पनि कानै चिरेको" भन्ने जनउक्तिले यही निराशालाई प्रतिविम्बित गरेको छ। उनीहरूका लागि दलको सङ्ख्या बढ्नुले मतदाता अल्मलिने क्रम मात्रै बढाउने र प्रभावकारी शासन व्यवस्था निर्माणमा बाधा पुऱ्याउने डर छ।

    उनीहरूले के के भने त, तलको भिडियो हेर्नुहोस्!

    तपाईले पनि आफ्नो मत कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ । भक्सपप नेपाल तपाईकै आवाज बोल्ने चौतारी हो।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij