Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

आइसियूमा राख्नुपर्ने बिरामी पैसा अभावमा अलपत्र

आइसियूमा राख्नुपर्ने बिरामी पैसा अभावमा अलपत्र

आइतबार, असोज २६ २०८२
आइतबार, असोज २६ २०८२
  • काठमाडौं ।  शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षको बाहिर एक महिला निन्याउरो अनुहार लगाएर बसिरहेकी थिइन् । उनी हतासिएकी थिइन् । अनुहारमा छटपटी प्रस्टै देखिन्थ्यो । हामीले सोध्यौँ, तपाईंलाई के भयो ? उनले हतारिँदै आकस्मिक कक्षभित्र देखाउँदै भनिन्, भाइ भित्र छ ।  भाइलाई प्यारालाइसिस भयो । मसँग पैसा नै छैन । उनको नाम गीता जिरेल रहेछ । गिताको छेवैमा थिइन्, समाजसेवी सुभद्रा भुर्तेल । सुभद्राले पनि गिताका ३५ वर्षीया भाइ गणेश जिरेलको सहयोगका लागि बोल्न थालेकी रहेछिन् ।

    images

    ....   .... ....  ....  ....

    गत शुक्रबार गणेशलाई हामीले शिक्षण अस्पतालको आकस्मिक कक्षको रेड जोनमा भेट्यौँ । उनी अचेत अवस्थामा थिए । दिदी गिताका अनुसार गणेश धेरै दिनदेखि अचेत अवस्थामा छन् । उनले कयौँ दिनदेखि खाना समेत खाएका छैनन् । यस्तो अवस्थाका बिरामीलाई अस्पतालले पैसा नभएका कारण उपचारसमेत गर्न नमानेको सुभद्रा भुर्तेल बताउँछिन् । ३६ घण्टा शिक्षण अस्पतालको आकस्मिक कक्षको रेड जोनमा राखेर पनि उपचार नभएपछि अहिले बीर अस्पताल पुर्‍याइएको छ । बिरामीको दिदीले पहिला बिरामीलाई गोकर्णेश्वर नगर अस्पतालमा लिएर गएकी रहिछिन् । तर नगर अस्पतालले भित्र नलगी बिरामीलाई अस्पतालको एम्बुलेन्समा शिक्षण अस्पतालमा पठाइदियो ।

    ....   .... ....  ....  ....

    शिक्षण अस्पतालमा पनि गणेशको उपचार प्रक्रिया अघि बढ्न सकेन । त्यही कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि समाजसेवी सुभद सहयोगका लागि अस्पताल पुगिन् । सुभद्राले नै विपन्न वर्गहरूले पाउने सेवा सुविधाको कागज तयार पारिन् । तर, शिक्षण अस्पतालमा लाग्ने सामान्य शुल्क तिर्न पनि बिरामी परिवारलाई असहज भए पछि अहिले बिरामी गणेशलाई बिर अस्पतालमा ल्याइएको छ । तर बिर अस्पतालमा पनि खासै उपचार राम्रो हुन सकेको छैन। सुभद्राको अनुसार बिर अस्पतालका आकस्मिक कक्षका चिकित्सकले बिरामीको अवस्था गम्भीर भएकाले आइसीयुको राख्नु पर्नेछ । बिर अस्पताल पुगेपछि गणेशको भिडियो एक्स रे र सिटी स्क्यान गरियो । रिपोर्टअनुसार बिरामीको मुटुमा दुइवटा प्वाल र टाउकोको नशा खुम्चिएको देखियो । बिर अस्पतालले विपन्न समुदायका गणेश जिरेलको उपचारका लागि केही सहुलियत दिए पनि पूर्ण निशुल्क गरेको छैन । अहिले बिरामीको रगत परिक्षण गर्नको लागि २ हजार पनि नभएर अन्यौलमा रहेको दिदी गीता बताउँछिन् । 

    ....   .... ....  ....  ....

    दोलखा गौरीशंकर २ का गणेश जिरेल गत वर्षको चैतदेखि नै बिरामी थिए । त्यतिबेला गणेश दोलखामै थिए । परिवारमा एक्लै भएका गणेशको खुट्टामा समस्या देखिन थालेपछी शुरुमा सामान्य सम्झेर गाउँकै स्वास्थ्य चौकीमा उपचार गराए । उनको खुट्टामा समस्या बढ्दै गएपछि गाउँलेको सहयोगमा झारफुक गरियो । त्यसपछि आयुर्वेदिक उपचार पनि गरे । तर, समस्या धेरै बढेपछि दोलखामै घर भएकी गणेशकी दिदी गिताले थाहा पाइन् । गिताले भाइको उपचारको लागि काठमाडौं ल्याएकी थिइन् । अर्धचेत अवस्थामा रहेका भाइको उपचारका लागि गितासँग पनि पैसा छैन । यतिखेर उनको उपचार वीर अस्पतालमा भइरहेको छ । आर्थिक अवस्था कमजोर भएको गणेशको उपचारका लागि परिवारले सहयोगको अपील गरेका छन् ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij