माडौँ। हरेक महिनाको ५ गते संचालन हुने स्वयम्भू विश्व सम्पदा क्षेत्र सरसफाई महाअभियानको आजको कार्यक्रम विशेष कार्यक्रम सम्पन्न भएको छ । स्वयम्भू महोत्सव २०८१ को सन्दर्भमा स्वयम्भू क्षेत्रको सरसफाई जन्य गतिबिधी तिब्र बनाईएको छ । नेप्सेम्याक स्वयम्भूको शाखाको व्यवस्थापकीय सहयोग र स्थानीयहरूको सक्रिय सहभागितामा सरसफाइ गरिएको हो ।
सोमबार बिहान ६ः४५ देखि ८ बजे सम्म सरसफाइ गरिएको हो । नेप्सेम्याक स्वयम्भूको शाखाले व्यवस्थापकीय सहयोग गर्दै विभिन्न समुदायमा सरसफाइ कार्यक्रम गर्दै आएको छ ।


