काठमाडाैं। सुर्खेतको वीरेन्द्रनगरमा भएको १६ वर्षीया इनिसा विकको घटनाले यतिबेला देशभरि आक्रोश र चिन्ता बढाएको छ। वीरेन्द्रनगर–३ की इनिसा फागुन २३ गते बिहान जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कक्षा ११ मा अध्ययनरत इनिसा फागुन २२ गते बेलुका ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। घटनास्थलको प्रकृति र शरीरमा देखिएका निलडाम तथा अत्यधिक रक्तश्रावका आधारमा उनको सामूहिक बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जना इनिसाकै सहपाठी रहेको र उनीहरू सबै १८ वर्षमुनिका नाबालिग रहेको प्रहरीले जनाएको छ। घटनापछि देशका विभिन्न ठाउँमा न्यायको माग गर्दै प्रदर्शन भइरहेका छन्।
नेपालमा यस्ता घटना नयाँ भने होइनन्। यसअघि निर्मला पन्त हत्या प्रकरण (२०७५), भागरथी भट्ट हत्या प्रकरण (२०७७) र नवराज विकसहितका युवाहरूको रुकुम पश्चिम घटनाले पनि देशव्यापी आन्दोलन निम्त्याएको थियो। तर धेरै घटनामा न्याय ढिलो भएको वा प्रश्न उठेको भन्दै नागरिकहरू अहिले पनि चिन्तित छन्।
यस्तोमा अबको सरकारले बलात्कार रोक्न के गर्नुपर्छ ? हामीले आज यही प्रश्नमा भक्सपप लिएका छौँ।


