काठमाडौं। आज हामीले बुढानिलकण्ठ वडा नं. ११ अर्थात् काठमाडौं क्षेत्र ४ का स्थानीय बासिन्दाहरूसँग त्यस क्षेत्रका मुख्य समस्याहरू के–के छन् भनेर कुराकानी गरेका छौँ।
बुढानिलकण्ठ वडा नं. ११ का स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा उनले विभिन्न विकास निर्माणका काम अगाडि बढाएका छन्। सडक स्तरोन्नति, ढल व्यवस्थापन तथा केही आधारभूत पूर्वाधार निर्माण भएको भन्दै कतिपय मतदाताले सकारात्मक प्रतिक्रिया दिएका छन्।
यद्यपि, अझै पनि केही समस्या समाधान हुन बाँकी रहेको स्थानीयवासी बताउँछन्। मतदाताका अनुसार मुख्य समस्या भनेको खानेपानीको अभाव हो। नियमित र स्वच्छ खानेपानीको व्यवस्था नहुँदा दैनिक जीवन प्रभावित भएको उनीहरूको गुनासो छ।
यस्तै, वर्षायाममा अत्यधिक वर्षा हुँदा मिलन चोक क्षेत्र डुबानमा पर्ने समस्या पनि स्थानीयले बताएका छन्। पानी निकासको प्रभावकारी व्यवस्था नहुँदा प्रत्येक वर्ष वर्षात्का बेला बस्ती प्रभावित हुने गरेको उनीहरूको भनाइ छ।
चुनावी माहोल तातेको अवस्थामा स्थानीय मुद्दा समाधान गर्ने प्रतिबद्धता नै मतदाताको मुख्य चासो बनेको देखिन्छ। बाँकीका समस्या तथा अपेक्षाहरू भिडियोमार्फत हेर्नुहोला।


