Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

दसैँ र मालश्री धुन: पहिलो महिला सरोद वादक रूपा न्यौपानेसंग कुराकानी

दसैँ र मालश्री धुन: पहिलो महिला सरोद वादक रूपा न्यौपानेसंग कुराकानी

सोमबार, असोज ६ २०८२
सोमबार, असोज ६ २०८२
  • बडादसैँ २०८२ को माहोल शुरू भइसकेको छ । पहिलो दिनमा घरघरमा जमरा राखिएको छ ।  यसले घरघरमा उत्साह र उमङ्ग ल्याएको छ। यसै सन्दर्भमा, यस वर्षको बडादसैँ २०८२ को माहोललाई अझ विशेष बनाउन, दसैँमा बजाइने मालश्री धुनको महत्त्व र इतिहासबारे चर्चा गर्न हामी नेपालकी पहिलो सरोद वादक रूपा न्यौपानेको निवासमा पुग्यौँ।

    images

     नेपालकी पहिलो महिला सरोद वादकको रूपमा चिनिएकी रूपा, दसैँको यो माहोलमा सरोदमा मालश्री धुन बजाउँदै व्यस्त देखिइन् । रूपाको बुझाइमा 'मालश्री धुन खाली संगीत मात्र होइन। यसले दसैँको सुरुवातको घोषणा गर्छ र हामीलाई सकारात्मक ऊर्जा दिन्छ।' दसैँको मौसममा घरघरमा जमरा र रातो टीका मात्र होइन, मालश्री धुनको गुन्जायमानले दसैँलाई अझ  विशेष बनाउँछ । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij