Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अब युवाले देश हाँकून्

अब युवाले देश हाँकून्

आइतबार, असोज ५ २०८२
आइतबार, असोज ५ २०८२
  • काठमाडौँ । काठमाडौँ बुद्धनगरको पुल नजिक चितवन भण्डाराका चिन्तामणि दहाल राजधानीको कोलाहल निहाल्दै थिए । जेन–जीको आन्दोलन भएको दिन बिहान ११ बजे उनी त्यहाँ पुगेका थिए । उमेरले जीवनको सातौँ दशक पार गरेका दहालका आँखामा अझै पनि उत्साह थियो । उनी जेन जीहरूको आन्दोलन हेर्न त्यहाँ पुगेका थिए।  उनको अनुहारमा एक किसिमको आक्रोश छर्लंग देखिन्थ्यो। उनले हामीसंग असन्तुष्टी व्यक्त गरे, ‘ एउटा दलको मात्र शासन भयो, जनताको शासन भएन। ठूला दल मिलेर सानालाई दबाए। नेताहरूले अन्याय गरे, ठूलाले जे गरे पनि ठिकै, सानाले बोल्यो भने तुरुन्तै थुन्छन्। मेरो आँखाले विकृति मात्र देख्यो, सुधार कहिल्यै देखेन।’

    images

    राजनीतिक नेताहरूप्रति उनको गुनासो गहिरो छ । ‘देश बिगार्ने त पार्टीका झोला बोक्ने कार्यकर्ता हुन्। सर्वसाधारणलाई दुख दिनु मात्रै जानेका छन्। पार्टीविहिन राजनीति भए मात्र यो देशले साँच्चै नयाँ मुहार पाउँछ। देश युवाले मात्र हाँक्न सक्छ।’ स्मृतिमा डुब्दै उनले आफ्नो समय सम्झन्छन्। ‘हाम्रो पालामा झगडा परे पंच बसेर मिलाइदिन्थे। अहिले त न्यायको साटो अन्याय मात्र छ।’

    चैत्र १५ को राजावादी  आन्दोलनमा दहाल पनि सहभागी भए। सभा सुरु हुन नपाउँदै अश्रुग्यास प्रहार भयो। उनले मनैदेखि प्रतिप्रश्न गरे ‘देशमा युवाहरूले न्याय नगरे कसले गर्ने त?’ ७२ वर्षका दहालले २०२८ र २९ सालतिरबाट मतदान सुरु गरेका हुन ।  पाँच दशकभन्दा बढी समयको राजनीतिक अनुभव बोकेका उनले धेरै आन्दोलन देखे, तर उनलाई जेन–जीको आन्दोलन सबैभन्दा ठूलो र प्रभावकारी लाग्यो । ‘त्यतिबेला राजा हटाउन भनेर आन्दोलन गरियो, तर अहिले त झन् हजारौँ राजा जन्मिए’, उनी अचम्म मान्दै भन्छन् । २०३० सालदेखि राजनीति बुझ्न थालेका दहाल अझै खुला स्वरमा भन्छन् 
    ‘म राजावादी हुँ’ तर उनको स्वरमा आजको दिन चाहिँ पूर्णतः युवाप्रतिको आशा भरिएको छ । उनी आशावादी भएर भन्छन्, ‘अब देश युवाले हाँकून्’

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij