काठमाडौँ । भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा सिंहदरबारभित्र धेरै क्षति पुग्यो । भवनभित्रका कति गाडी जलाइयो भने सिसाहरु पनि फुटाइयो ।
सिंहदरबारभित्र क्षति पुगेको अर्थ मन्त्रालयमा लगभग एक हप्तापछि रंगरोगनको काम सुरु भएको छ ।
जेन जी आन्दोलनले अर्थ मन्त्रालयसंगै गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायत सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरिएको थियो । हाल ती मन्त्रालय र विभिन्न कार्यलयहरूमा सरसफाई तथा रङरोगनको काम सुरु भएको छ ।


