Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

GenZ विद्रोह: सरकारी दमनको चरम उत्कर्ष

GenZ विद्रोह: सरकारी दमनको चरम उत्कर्ष

सोमबार, भदौ २३ २०८२
सोमबार, भदौ २३ २०८२
  • नेपालको इतिहासमा यो दिनलाई एउटा कालो र अविस्मरणीय पृष्ठका रूपमा लेखिनेछ । एकाएक सडकमा हजारौं युवा उत्रिनु केवल एउटा आन्दोलन थिएन । वर्षौंदेखि दबिएर बसेको युवा आक्रोशको भयानक विस्फोट थियो, जसले नेपाल सरकार मात्रै होइन, अन्तर्राष्ट्रिय सरोकारवालाको मथिँगल हल्लाएको छ । 

    images


    कसरी शुरु भयो जेनजी आन्दोलन
    सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्ता अर्थात् जेनजी वा पछिल्लो पुस्ता सडकमा ओर्लिएको हो ।  डिजिटल ज्ञान भएका कारण संसारभरका आर्थिक, राजनीतिक र सामाजिक घटनाक्रमलाई बुझ्न सक्ने पुस्ता भनेर यो उमेर समुहलाई चिनिन्छ ।


    नेपालको जेनजी ले पछिल्लो समय  नेपाली राजनीतिकको केन्द्रमा रहेका नेताहरू र तिनका छोराछोरीको विलासी जीवनबारे सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका थिए । यही परिवेशमा सरकारले नेपालमा दर्ता नभएको कारण देखाउँदै  चलिरहेका सामाजिक सञ्जाल बन्द गरिदियो ।  यही परिवेशमा  यो विद्रोहको झिल्को देखिएको थियो । जसले नेपाली विद्यमान व्यवस्थाको चरित्रमाथि गम्भीर प्रश्न उठाउँदै संसार नै हल्लाउने गरी विद्रोह ज्वारभाटा ल्याएको छ । 

    आन्दोलन उग्र कसरी बन्यो?
    नेपाली जेनजीले सामाजिक सञ्जाल बन्दको विरोध सहित नेताका छोराछोरीको विलासी जीवनशैलीमा प्रश्न उठाउँदै केही दिनदेखि छलफल गरिरहेका थिए । सामाजिक संजाल बन्जुद भएपछी न कुरा उनीहरूले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)मार्फत सामाजिक सञ्जाल चलाएर राखिरहेका थिए । त्यहीबाट जेनजीको नेतृत्व गरिरहेको समुहले आन्दोलनको घोषणा गर्यो ।

    आन्दोलनको योजना भित्रिभित्रै यसरी फैलियो कि, सबै स्कुल कलेजबाट स्वतस्फुर्त किशोरकिशोरी र युवाहरू सडकमा ओर्लिए । कयौँले आफ्ना अभिभावक पनि साथमै ल्याए । 


    भदौ २३ गते सोमबार बिहान ११ बजे आन्दोलन आह्वान गरिए पनि किशोर किशोरी र युवाहरू बिहान ९ बजेदेखि नै सडकमा देखिन थालेका थिए । ११ बजेको वरिपरि काठमाडौँ उपत्यकाको माइतीघर मण्डलादेखि तिनकुनेको सडक हजारौं आन्दोलनकारीले भरिभराउ थिए । सोही समयामा उपत्यकाबहिरका मुख्य शहरहरूमा पनि उस्तै संख्यामा युवाहरू सडकमा आए । 

    शुरुमा शान्तिपूर्ण रुपमा गीत र कवितामार्फत युवाहरूले आफ्नो आक्रोश पोखिरहेका थिए । तर, मध्यान्ह १२ बजेतिर केही युवाहरू मोटरसाइकल र्यालीसहित बानेश्वर संसद भवन अगाडिको निषेधित क्षेत्र तोड्न पुगे । हुँदाहुँदै संसद भवनभित्र छिरे । आगजनी र तोडफोड गर्न पुगे । भिड नियन्त्रणबाहिर गएपछि कलेजको पोशाकमै सुन्दर भविष्य माग्छु भनेर उत्साहका साथ सडकमा पुगेका युवायुवतीमाथि सरकारले केही घण्टा नपुग्दै गोली बर्षायो । जसले बानेश्वरको संसद भवनलाई रणभूमिमा बनाइदिएको छ ।

    कसरी भयो यस्तो ?
    आन्दोलनको तयारी केही दिनदेखि थियो । जुन कुरा सरकारलाई पनि थाहा थियो । तर, सरकारले युवाहरूको आक्रोशलाई यति सहज रुपमा लियो कि, प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्तालाई केही थाहा छैन भन्दै व्यंग्यात्मक र उपेक्षापूर्ण टिप्पणी गरे । यही प्रमुख कारण नै भयानक घटनाको कारक बन्यो ।  


    अर्को मुख्य कारण काठमाडौँ उपत्यका प्रहरीको नेतृत्वको पद नै खाली छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङले भदौ १८ गते अवकाश पाएसँगै उपत्यका प्रहरी नेतृत्वविहीन थियो । अहिले त्यहाँ एउटै ब्याचका प्रहरी अधिकृत मात्रै कार्यरत हुँदा चेन अफ कमाण्ड नमिलेको सुरक्षा विज्ञहरु बताउँछन् । 

    अब के होला ?
    आन्दोलनमा हताहती भएपछि गृहमन्त्री र काठमाडौंको प्रमुख जिल्ला अधिकारी
    सिडिओको राजिनामा माग गरिएको छ । त्यसपछि गृहमन्त्री रमेश लेखकले राजिनामा नै दिए । काठमाडौँ जिल्लाका सिडिओले वैबसाइटमा भएको आफ्नो तस्बिर हटाएका छन् । अनि मानवअधिकार आयोगले कर्मकाण्डी एक विज्ञप्ति निकालेको छ । उही जेनजीकै नेतृत्व गरिरहेको भनेका केही व्यक्तिहरुले आन्दोलनमा आपराधिक स्वार्थ भएका व्यक्तिहरुले घुसपैठ गरे भनेका छन् । अनि आन्दोलनमा रहेका युवाहरूले अब आफूले आन्दोलन नछोड्ने बताइरहेका छन् । 


    ठ्याक्कै अब के होला ? त्यो त थाहा लाग्ला नै । तर, आफैँले  विद्यमान व्यवस्थाको चरित्रमाथि प्रश्न मात्रै  उठाउदा गुमाउनुपरेका आफ्ना छोराछोरी अब ती भुँइमान्छेले फिर्ता पाउलान त ?

    सम्बन्धित भिडियो हेर्नको लागि हाम्रो टिकटक आइडी @voxpopnepal 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij