Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

अपडेट: जेनजीको आन्दोलनमा मृतकको संख्या १७ पुग्यो

अपडेट: जेनजीको आन्दोलनमा मृतकको संख्या १७ पुग्यो

सोमबार, भदौ २३ २०८२
सोमबार, भदौ २३ २०८२
  • काठमाडौं । जेन जीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

    images

    जेन जीले राजधानीमा गरेको आन्दोलनका क्रममा प्रहरीसंगको मुठभेडका बेला प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको मृत्यु भएको हो । ।

    प्रहरीले चलाएको गोली लागेर कैयौं प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनीका क्रममा प्रहरीले अश्रु ग्याँस समेत प्रहार भएको छ ।

    जेन जीले सामाजिक सञ्जाल टिकटकमा 'नेपो बेबीज' ट्रेन्ड चलाएर राजनीतिक परिवारका छोराछोरीको विलासिता र पछिल्लो समय सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमको विरुद्धमा आज प्रदर्शन आह्वान गरेको थियो । त्यस क्रममा हजारौं जेन जी प्रदर्शनकारी र यो अभियानलाई समर्थन गर्नेहरुको जनसागर माइतीघर मण्डलामा उर्लिएको थियो ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij