Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

मकै पोलेर आत्मनिर्भर बन्दै

मकै पोलेर आत्मनिर्भर बन्दै

बिहीबार , साउन २९ २०८२
बिहीबार , साउन २९ २०८२
  • काठमाडौं । नुवाकोट त्रिशुलीकी ५० वर्षीया शान्ति तामाङ दुई छोरीहरुको भविष्य उज्जवल बनाउन काठमाडौ आइन् । नुवाकोटमा खेतीपाती गर्ने तामाङले यता आएपछि मकै पोलेर जीवनको गुजारा गर्न थालिन् । सानै उमेरमा बुवा र आमा दूबै गुमाएकी तामाङले आफूले पढ्न नपाएपनि छोरीहरुलाई भने पढ्नबाट बञ्चित गराइनन् । 

    images

    अभिभावक गुमाएपछि उनले निकै संर्घष गर्नुप¥यो । अरुको घरमा काम गर्नेदेखि ज्यामी कामसम्म गरिन् । उनलाई आफ्नो विवाह कति बर्षमा भयो भन्ने बारे कुुनै सम्झना छैन । आफ्नो दूख एकअर्कासंग बाड्ने कसम खाए्र विवाह गरेको श्रीमानले उनलाई कहिल्यै सुख दिएनन् । श्रीमान विगत १० बर्षदेखि भारतमा छन् ।

    उनको दैनिकी अध्यारो विहानबाट सुरु हुन्छ । विहान २ बजे उठेर उनी कहिले जोरपाटी त कहिले कालीमाटीमा मकै लिन पुग्छिन् । २५ रुपैंयामा मकै किनेर ल्याउँछिन् र बालुवाखानी गोठाटारमा बसेर पोलेर बेच्छिन् । उनलाई कसैको आशा छैन । उनी आत्मानिर्भर छिन् । कहिलेकाहि बिरामी भएर उनीलाई गाह्रो हुन्छ तर पनि उनलाई आराम गर्न मन लाग्दैन । दुइछोरीहरु विवाह गरेर गएपछि उनी गोठाटारमा कोठा लिएर एक्लै बसिरहेकी छिन् । उनले दिनमा २५ सय कमाउँछिन् । आफूलाई ५ सय खर्च राखेर २ हजारको मकै ल्याउँछिन् । यद्यपी महिनामा कति कमाइ हुन्छ भन्ने कुराको उनलाई कुनै हेक्का छैन ।  काम गर्दा धेरै चुनौती आउँछन् । कहिले पानी पर्छ त कहिले नगरपालिकाले कडाइ गरेर बस्न दिदैंन । त्यति हुँदाहुँदै पनि उनले जसोतसो कमाएर गुजारा चलाएकी छिन् ।

    अरुको घरमा काम गर्दा उनलाई धेरै दु:ख भयो । बिरामी हुँदा पनि कसैले हेरेनन् । काम पनि धेरै गर्नुपथ्र्यो । त्यसैले उनले आफ्नै केही गर्ने सोचेर मकै पोल्ने कामको सुरुवात गरिन । उनी महिनाको १२ हजार कोठा भाडा तिरेर बस्छिन् । कहिलेकहीँ पैसा पुगेन भने छोरीहरुले सहयोग गर्ने उनी बताउँछिन् । तामाङलाई अरु कुनै कुराको गुनासो छैन । दुख गरेर खान पाए पुग्छ भन्ने लाग्छ । पानी परेर काम गर्न नपाउँदा उनलाई मनमा छटपटी हुन्छ । आफूलाई जति दुख परेपनि अरुलाई ठगेर खान नपरोस् भन्ने उनलाई लाग्छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij