Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

मिठाइ बेचेर जीवन चलाउँदै

मिठाइ बेचेर जीवन चलाउँदै

मंगलबार, साउन २७ २०८२
मंगलबार, साउन २७ २०८२

  • काठमाडौ । चितलाङमा जन्मेका ४० बर्षिय राकेश गमाल विगत २५ बर्षदेखि काठमाडौको मिठाइ पसलमा काम गरिरहेका छन् । उनले अरुको मिठाइ पसलमा १५ बर्ष काम गरेर २०६९ सालमा आफ्नै मिठाइ पसल खोले । २५ बर्षदेखि एउटै काम गरिरहँदा उनलाई कहिले त  दिक्क पनि लाग्छ । कहिलेकाहिं त उनलाई पसलै बन्द गरेर हिड्न मन पनि लाग्छ । तर मन लागे जस्तो कहाँ गर्न पाइयो र ? आफ्नो पेट त पाल्नै पर्‍यो ।

    images

     देशमा चलिरहेको आर्थिक मन्दीले उनलाई पनि प्रभाव पारेको छ । त्यसैले आजभोलि महिनाको २५ हजार रुपैंया मात्रै बच्ने गरेको उनी बताउँछन् । यद्यपी बाहिरबाट अर्डर आउँदा भने उनलाई भ्याइ नभ्याइ हुन्छ । आफूले जानेको काम गर्न पाउँदा नै उनी खुशी छन् । तीन कक्षासम्म मात्रै पढेका राकेश आफ्नो कामदेखि सन्तुष्ट छन् । उनलाई यो मिठाइ बनाउने भन्दा अरु काम गर्न पाए पनि हुन्थ्यो भन्ने कहिल्यै पनि लागेन । राकेशलाइ आफै पौरख गरेर बाँच्न मन छ । उनी भन्छन् 'आफूले पनि अरुको खान नपरोस्, अरुलाई पनि आफ्नो खुवाउन नपरोस् ।' उनको एक छोरा र एक छोरी छन् । आफूले लामो समयदेखि मिठाइको व्यवसाय गरेको भए पनि छोराले यही नै काम गरोस् भन्ने उनलाई कहिल्यै पनि लागेन ।

    २०५९ सालमा वैवाहिक सम्बन्धमा बाँधिएका गमालका श्रीमती भने बजारमा तरकारी बेच्छिन् । दुइजाना मिलेर काम गर्दा जीवन सहज हुने उनको मान्यता छ । १५ बर्षको कलिलो उमेरमै उनी आफ्नो सपना पूरा गर्न गाउँ छोडेर काठमाडौ आए । काठमाडौको सुरुवाती दिनहरुमा नै उनले मिठाइ पसलमै काम गरे । अरुकै पसलमा काम गरेपनि उनको अनुभव कहिल्यै तितो भने भएन । मिठाइको व्यवसाय गर्दै आएका राकेश गमालले आफ्नो जीवनलाई पनि मिठाइ जस्तै गुलियो बनाएका छन् । उनलाई आफ्नो जीवनप्रति कुनै गुनासो छैन । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij