Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कखरा मात्रै जानेका इन्द्रको विदेशमा व्यापार

कखरा मात्रै जानेका इन्द्रको विदेशमा व्यापार

आफ्नै गाउँको बाँझो जमिनमा लगाएको तीनसय ओटा रुद्राक्ष र बुद्धचित्तको बोटबाट आउने करोडौंको बुद्धचित्त र रुद्राक्षको माला काठमाडौंमा बिक्री हुने थाहा पाएपछि उनले यो व्यवसाय थालेका थिए ।

बुधबार, साउन १४ २०८२
बुधबार, साउन १४ २०८२

  • काठमाडौं । नाङ्गलोभरि बुद्धचित्त राखेर माला उन्दै छन्, उनी । एक सय ८ वटा बुद्धचित्तलाई लामो धागो, सियोमा लगाई एक-एक गरी हातैले उन्ने रहेछ । सानो पसलभरि बुद्धचित्तका माला, रुद्राक्षका माला अनि विभिन्न खाले ढुंगाहरु सजाएका छन् उनले । हामीसंग कुराकानी गर्दागर्दै उनले दुई वटा माला त एकैछिनमा उनेरै भ्याए । माला उन्ने र बेच्ने सिपका धनी ज्येष्ठ नागरिक हुन् इन्द्र लामा ।

    images

    काभ्रेको तेमाल गाउँपालिकाको पुर्ख्यौली घर छोडेर उनी व्यापार गर्नकै लागि काठमाडौं आए । ७० वर्षका इन्द्र काठमाडौं आएर बुद्धचित्तको व्यापार गर्न थालेकै २५ वर्ष भइसक्यो। उनको पसल  काठमाडौं ठमेलमा छ । आफ्नै गाउँको बाँझो जमिनमा लगाएको तीन सय ओटा रुद्राक्ष र बुद्धचित्तको बोटबाट आउने करोडौंको बुद्धचित्त र रुद्राक्षको माला काठमाडौंमा बिक्रि हुने थाहा पाएपछि उनले यो व्यवसाय थालेको थिए ।

    उनको यो मौसमी व्यापार हुन् । विशेषगरी भदौ महिनादेखि नै उनको व्यापारले गति लिन्छ । व्यापारिक मौसममा उनले दिनकै तीन चार लाखसम्म पनि कमाउँछन् । उनले आफूसँगै आफ्ना परिवारलाई पनि यही काममा लगाए । 'क का कि सम्म सबै आउँछ । अक्षर चिन्छु । तर नपढेर मलाई मेरो व्यापारमा घाटा लागेको छैन् । बरु देशविदेश घुमेर ग्राहक समेत बनाउँछु ।'

    उनी आफूलाई अहिलेका प्रधानमन्त्री केपी ओलीसंग तुलना गर्छन् । नपढेपनि ओली प्रधानमन्त्री अनि आफू उद्यमी बनेको बताउँछन् । तर ओलीलाई अंग्रेजी बोलेरै जित्ने आत्मविश्वास उनी राख्छन् । आफ्ना पसलमा आउने विभिन्न देशका ग्राहकसंगको बातचितले उनलाई बहुभाषिक पनि बनायो । उनी धेरै देशका भाषाहरु बोल्न सक्छन् ।

    बुद्धचित्तमा प्वाल बनाउने मेसिन पनि आफ्नै घरमा राखेका रहेछन। व्यापार फष्टाउँदा उनले पाँच जना केटीहरुलाई काममा समेत लगाए, यद्यपि व्यापार सुकेपछि उनले सबै कामदारलाई कामबाट निकाले । 

    उनका अनुसार बुद्धचित्त जति सानो भयो, त्यति नै महंगो हुन्छ । अनि पुराना मालालाई सस्तोमा र नयाँलाई महंगोमा बेच्दा रहेछन् । उनले तेमालमा आफ्नै घरमा रहेको बुद्धचित्त र रुद्राक्षलाई नेपाली बजारमा मात्रै होइन् विदेशमा समेत लगेर देखाउँछन्, बेच्छन् । 
     
    उनले नेपाल र विदेशमा बुद्धचित्तको बजार देखे र त्यही व्यवसाय गरे । आजको युवाले पनि इन्द्रले जस्तै अवसरको खोजी गर्नैपर्छ । त्यसका लागि सरकारले पनि कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नुपर्ने बताए । 


    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij