Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

भूमिपतिलाई मालामाल बनाउने विधेयक ल्याइँदै

भूमिपतिलाई मालामाल बनाउने विधेयक ल्याइँदै

बुधबार, साउन ७ २०८२
बुधबार, साउन ७ २०८२

  • काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ फेरि संसद्को सम्भावित कार्यसूचीमा चढेको छ । सत्तारुढ दल कांग्रेसले थप छलफल आवश्यक रहेको तर्क गरेपछि रोकिएको यो विधेयक फेरि कार्यसूचीमा राखिँदै छ । यो विधेयकमाथि विशेषगरी सत्ता घटक नेपाली कांग्रेसले नै असन्तुष्टि जनाएको रहेको छ ।

    images

    यो विधेयक जनताको पक्षमा देखिँदैन् र भूमिपतिहरुका लागि भूमि व्यवस्थापन गर्न फाइदा पुग्ने खालको पाइएको भन्दै कांग्रेस नेताहरुले असन्तोष पोखिरहेका छन् ।  
    यो विधेयक पास भएको खण्डमा भूमि नभएका गरीब जनतालाई मारपर्ने तर धेरै जमिन राख्न पाउने अधिकार दिएर भूमिपतिलाई अझ मालामाल बनाउने धारणा उनीहरुको छ । 

    प्रतिनिधिसभाको गत असार २५ को बैठकका लागि तय कार्यसूचीको ३ नम्बरमा रहेको भूमिसम्बन्धी दफावार छलफलका लागि पेस हुने विधेयक कार्यसूचीबाट फिर्ता गरिएको थियो । सम्बन्धित समितिमा छलफल गरी सहमतिपछि मात्रै प्रतिनिधिसभामा लानुपर्ने दबाब कांग्रेसबाट सिर्जना भएपछि विधेयक कार्यसूचीबाट हटेको थियो । यहि सन्दर्भमा कांग्रेसका क्रियाशिल नेता ठाकुर पुडासैनीसंग गरिएको कुराकानी हेरौं । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij