Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

परदेश भन्दा कम छैन काठमाडौं

परदेश भन्दा कम छैन काठमाडौं

सोमबार, साउन ५ २०८२
सोमबार, साउन ५ २०८२
  • काठमाडौं । २४ वर्ष अगाडि धादिङको सिद्धलेक वडा नं७ टिप्पलतारबाट काठमाडौं छिरेका गणेश सुन्दास टेलरिङ मास्टर हुन् ।४४ वर्षीय गणेश काठमाडौंको लाजिम्पाट बस्छन् । उनी बिभिन्न डिजाइनका ज्याकेटहरु, बेडसिट, स्कुले झोलादेखि जेन्स आईटमका सबै खाले कपडाहरु सिलाउँछन् ।

    images

    सिलाईको सिप सिक्दा गणेश मात्र १३ वर्षका थिए । सिप सिक्दा सिक्दै सिलाईले तयार भएका लुगाा देखेर उनी दंग पर्‍थे । यसपछि उनी आफ्नो पढाइ भन्दा बढी सिलाईमै रमाउन थाले । मेसिनले कपडा तान्दै सिएको हेर्‍थे उनी । काटेको वस्तु धागोले सिउने रहेछ भन्ने ज्ञान पाउँदा उनको खुट्टा भुईँमा थिएन् । त्यतिबेला उनले ठुलो उपलब्धीका रुपमै लिए । सिलाईमा मन बस्न थालेपछि, उनले पढ्दै गरेको ७ कक्षाको पढाई छुट्टै गयो ।

    पढाइ छोडेपछि जसोतसो उनको परिवार चल्दै थियो । केहीसमयपछि उनले बिहे गरे, बालबच्चा पनि भए । अरुको कारखानामा काम गर्दैगर्दा आफ्नो हातको सिपलाई व्यापारसंग जोड्ने सोच उनमा आयो । अनि उनी २०५८ सालमा आए, सिप बिक्ने, अवसरको शहर काठमाडौंमा । उनी भन्छन्, 'जे सोचेर काठमाण्डौं आईयो सोचे अनुसारको कमाई पनि भएन काठमाडौंमा खर्च धेरै छ । बाँच्न सजिलो छैन । यहाँ त आठ नौ घण्टा काम गर्नैपर्छ ।' गणेशले आफ्नो काममा श्रीमतीको साथ पाएका छन् । सुख र दुःखमा उनले श्रीमती पाएकोमा सौभाग्य नै ठान्छन् । 

    उनको परिवारमा दुई छोरा एक छोरी छन् । एसएलसी पास गरेकी सबैभन्दा जेठी छोरीले ब्युटीपार्लरमा काम गर्छिन्, उनको १८ बर्षीय छोरा दुबईमा छन् भने कान्छो छोरा भर्खर ८ बर्षका भए । उनी भन्छन्, 'छोराछोरीलाई पनि राम्रो शिक्षा दिन पाईएन कान्छो छोरालाई जसोतसो पढाउन पाए हुन्थ्यो। छोरी बिरामी हुने त्यसकारण पढाउन सकिएन माइलो छोराको पनि आंखामा समस्या भएर पढाईलाई निरन्तरता दिन सकिएन् । पढाइ विग्रेपछि माइलो छोरालाई सानैमा दुबई पठाएँ ।'

    उनलाई लाग्छ, केही वर्ष काम गरेपछि छोरा तन्दुरुष्ट नै घर फर्किन्छन्। दुबईको पैसा लगानी गर्छन् । काम गर्ने उमेरमै नेपाल फर्कियो भने भविष्य सुनिश्चित हुन्छ । आर्थिक अभावले माइलो छोरोलाई विदेश लखेट्नु उनको बाध्यता नै हो ।

    बाध्यताले बाँधिएका गणेशको आफ्नो सोचाइ भने फरक छ । उनी काठमाडौं होइन्, धादिङ बस्न चाहन्छन्, आफ्नो पसिना त्यहीँ बगाउन चाहन्छन्, अनि त्यो सुन्दर माटोमा रम्न चाहन्छन् । उनका लागि काठमाडौं पनि परदेश भन्दा कम छैन् । उनी गुनासो गर्छन्, 'यहाँ बाँच्न त शरीरमा बल होउन्जेल मात्र हो । बुढेसकालमा गाउँ फर्किनु भन्दा बरु शरिरमा बल हुदैँ खेरी फर्किदां बेस । गाउँमै खेतीपाती गर्ने व्यापार गर्ने ।'

    अहिले उनी लाजिम्पाटमा आफ्नै कारखानामा काम गर्छन् । महिनाको तलब कोठा भाडा र बच्चाको पढाइमै सकिन्छ । महिनाको चालीश पचास हजार कमाए पनि पैसा जोगाउन नसकेकोमा उनको ठूलो दु:खेसो छ ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij