Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

प्रचण्ड अँध्यारोसंग भिड्दै रंगकर्मी घनश्याम

प्रचण्ड अँध्यारोसंग भिड्दै रंगकर्मी घनश्याम

सोमबार, जेठ १९ २०८२
सोमबार, जेठ १९ २०८२
  • काठमाडौं ।

    images

    रंगमञ्चमा मानिसहरुको जीवन र मृत्युको ठेगान हुन्न । अर्थात् एकै कलाकार आफ्नो कलामा कयौं पटक मर्छ, कयौं पटक रुन्छ । कयौं व्यक्तिसँग विवाह गर्छ । अनि तीनै कलाकारले कयौं मानिसलाई रुवाउँछन्, हसाउँछन् अनि खुशी बनाउँछन् ।   


    आज हामी यस्तै एक जोडीको कुरा गर्दैछौं । जुन जोडीले सँगसँगै कयौं पटक स्क्रीन शेयर गरेका छन् । उनीहरु स्क्रीनमा कयौं पटक हाँसे, मुस्काराए, बिछोडिए अनि पुनः मिले पनि । तर, त्यही जोडी, यतिबेला विछोडको संघारमा छ ।  

     


    गत साता मात्रै हामीले केएमसी अस्पतालको तेस्रो तल्लामा युगज्योती, आफ्ना श्रीमान घनश्यामको स्याहारमा व्यस्त थिइन् । हामीसँगको कुराकानीमा उनले भगवान पुकार्दै भनिन्, ‘भगवान छन् उहाँले चमत्कार गर्नुहुन्छ । अहिलेसम्म नि चमत्कार नै गर्नुभएको हो ।’ तर, युगज्योतीका आँखा ओभाना थिएनन् । श्रीमानलाई भेट्न आउने सबैसँग उनले आँसु लुकाउन सकिरहेकी थिइनन् । अनायासै उनको आँखाबाट बर्बती आँसु खसिनै रहे ।  सहयोगको हात फैलाइ नै रहिन् ।  

    ०००


    जीवन मरणको दोसाँधमा रहेका घनश्याम आफै पनि आशावादी छन् । उनलाई विश्वास छ, निको भएर रंगमञ्चमा फर्किनेछु । गत साता केएमसी अस्पतालको शैयामा हामी पुग्दा घनश्यामले यसरी आशा व्यक्त गरेका थिए ।
    स्वास्थ जीवन कुरिरहेका उनी श्रीमती युगज्योतीलाई आफ्नो संसार ठान्न थालेका छन् । 

    २ वर्षदेखि श्रीमानको संसार, क्यान्सर अस्पताल र औषधिसम्म मात्रै सिमित हुँदै आएको छ। यता युगज्योतीको संसार पनि त्यही अस्पताल र श्रीमानबाहेक केही छैन । गत साता केएमसी अस्पतालमा भेट्दा बिरामी श्रीमानको स्वास्थ्य बिग्रन्छ कि भनेर सचेत रहेकी युगज्योती, श्रीमानलाई सकेसम्म ढाडस दिइरहेकी थिइन् । तर, मनै त हो, हामीसँगको कुराकानीमा उनी भक्कानिइन् । 

    ०००


    भगवानप्रति असाध्यै आस्थावान युगज्योती अझैं पनि चमत्कार हुने विश्वासमा छिन् । परिवार, साथीभाइ, समाज र सिंगो राज्यसँग आफ्नो श्रीमानको लागि लडिरहेकी युगज्योतीले आइतबार बिहानै आफ्नो फेसबुक वालमा निराशा पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘अबका दिनमा मेरा वरिपरि चील गिद्द हुने छन् । हरेक पाईला मैले डराएर चाल्नु पर्नेछ । ’
    यो अभिव्यक्तिले घनश्याम जीवनको अन्तिम समयसँग लडिरहेका छन् भन्ने प्रष्ट हुन्छ । 
    .
    घनश्याम अहिले काठमाडौं क्यान्सर अस्पताल चागुनारायणको एक शैयामा छट्पटाइरहेका छन् । क्यान्सर जस्तो भयानक रोगसँग लडिरहेका घनश्यामसँग युगज्योती पनि छट्पटाइरहेकी छिन् ।  घनश्यामको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पछि उनलाई हाइ डोजका पेन किलर चलाइएको छ । पेनकिलरले घनश्यामको पिडा केही कम हुन्छ । सँगै युगज्योतीको पिडा बढ्छ । उनी छट्पटिन्छिन्, रुन्छिन् अन्ततः भगवानसँग हात जोड्छिन् ।  जीवनको गम्भीर संकटसँग लडिरहेका श्रीमानको आयुका लागि उनी भगवानसँग वरदान मागिरहेकी छिन् । झापाका घनश्याम गौतम र काठमाडौंकी युगज्योती क्रियाशीलले विवाह गरेको करिब एक दशक भयो । रंगमञ्चमा जमेको यो जोडीले विवाहपछि पनि आफ्नो कामलाई निरन्तरता दियो । दुबै जना आफ्नै काममा व्यस्त थिए । 

    ०००

    वर्ष २०८० सम्ममा घनश्याम र युगज्योतीको जीवन ठिकठाकै चल्दै थियो । म्युजिक भिडियो निर्माण र हास्यब्यंग्यमा घनश्याम व्यस्त थिए भने युगज्योती विभिन्न टेली सिरियल र स्टेज शोमा व्यस्त भइरहन्थिन् । २०८० असारको पहिलो सातातिर घनश्यामको पेट दुख्न थाल्यो । शुरुमा सामान्य भनेर उनले वास्तै गरेनन् । पछि दिसामा रगत देखा परेपछि पायल्स ठानेर आयुर्वेदिक उपचारतर्फ लागे । तर निको भएन् । त्यसपछि केएमसी अस्पतालमै चेकजाँच गराउँदा ठूलो आन्द्रामा ट्युमर पत्ता लाग्यो । उक्त ट्युमर क्यान्सरमा परिणत भइसकेको थियो ।

    ट्युमरबाट क्यान्सर भइसकेको खबर पहिला युगज्योतीले थाहा पाइन् । उनको संसार अध्यारियो । टेकेको जमिन भास्सियो । त्यो समय सम्झिँदा युगज्योती बोल्नै सक्दिनन् ।

    रोएर हुने कुरै थिएन । युगज्यातीलाई श्रीमानको उपचार गर्नु थियो । ठिक पारेर फेरी आफ्ना साझा सपनाहरु पुरा गर्नु थियो ।  त्यसपछि आफन्तको सल्लाहमा उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल लगियो । 
    त्यो बेला घनश्याम र युगज्योतीले आफ्नै घर बनाउने सपना साँच्दै केही पैसा जम्मा गरेका थिए ।  त्यही पैसाले घनश्यामको उपचार शुरु भयो । 

    ०००


    भक्तपुर क्यान्सर अस्पतालमा उपचार प्रक्रिया चल्दै गर्दा क्यान्सरको चरणबारे युगज्योतीले  जिज्ञासा राखिन् । त्यही प्रश्नमा चिकित्सकले रुखो बोले । त्यसपछि श्रीमानको उपचारका लागि युगज्योती अस्पतालसँग पनि लड्न थालिन् ।  आफ्नो श्रीमानको रोगको प्रकृति, उपचार प्रक्रिया, चलाइएको औषधिबारे जिज्ञाशा राखेकै कारण युगज्योती अस्पतालका चिकित्सक र प्रशासनका लागि असहज बन्न थालिन् ।  त्यसपछि उनीमाथि अस्पताल र चिकित्सकहरुले दुब्र्यवहार गर्न थाले ।

    ०००


    उपचारका क्रममा घनश्यामलाई तीनवटा किमो चढाइसकेपछि रेडियसन गर्नुपर्छ भनियो । तर, रेडियसन गर्दागर्दै पेट फुल्ने समस्या भएपछि आकस्मिक शल्यक्रियाको तयारी भयो ।  २०८० पुस ९ गते शल्यक्रिया कक्षमा लगियो ।  तर सोचेकोभन्दा ठूलो ट्युमर भएकाले निकाल्न नसकेको जवाफ डाक्टरले दिए । युगज्योतीका अनुसार योबिचमा अस्पतालले न त उपचार ग¥यो न रामे व्यवहार । तर पटक पटक दुब्र्यवहार ग¥यो । त्यति मात्रै होइन जथाभावी औषधि धनश्यामको शरीरमा प्रयोग गरियो । 

    ०००


    अस्पतालको रुखो व्यवहार र रोगबारे भएको अधुरो जानकारीले तनावमा रहेकी युगज्योतीले घनश्यामलाई दिल्लीको राजिबगान्धी अस्पताल पु¥याइन् । क्यान्सर सोचेभन्दा बढी फैलिसकेको अवस्थामा दिल्लीमा पनि भनेजस्तो उपचार हुन सकेन । त्यहाँका चिकित्सकको सल्लाहमा लगाइएको इमोनो थेरापीले पनि काम गर्न सकेन । त्यसमाथि जोरजाम गरेको खर्च सकिन थालेको थियो । युगज्योतीले फेरि श्रीमानलाई नेपाल फर्काइन् ।  भनिन्छ नि, डाक्टर भगवानकै अर्को रुप हुन् । जतिसुकै दुःख भए पनि मानिस अस्पताल र डाक्टरको शरणमा नपरी सुखै छैन । श्रीमानलाई फेरी दुखाइ बढ्न थालेपछि युगज्योती भक्तपुर अस्पताल लग्न बाध्य भइन् । तर, गम्भीर दुखाइले छट्पटिरहेका घनश्यामलाई अस्पतालले भर्ना त लियो । उपचार गर्नै मानेन् ।


    असाध्यै पेट दुखिरहेका घनश्यामले पिसाब पनि फेर्न सकेका थिएनन् । उनको पेट फुलेर ठूलो भइरहेको थियो । त्यस्तो अवस्थाको बिरामीलाई अस्पतालले उपयुक्त उपचार गरेन । बरु पेनकिलर मात्रै दिन खाजेको युगज्योती बताउँछिन् । युगज्योतीले औषधिबारे जानकारी राख्दा त्यहाँका चिकित्सकले अन्तै लैजान भने तर, रिफर लेख्न पनि मानेनन् । बिरामीको किड्नी फेल भइसक्यो भन्दै उल्टै युगज्योतीले अस्पताललाई दिएको फाइल फालियो । दुुखाइले छट्पटाएका घनश्यामलाई युगज्योतीले मानव अंग प्रत्यारोपण केन्द्र लगिन् । त्यहाँ पाइप राखेर पिसाब निकाले घनश्यामलार्ई अलि सहज भयो । किड्नीमा पनि खासै समस्या देखिएन । 

    ०००

    क्यान्सर च्यापिसकेका घनश्यामको अर्को हप्ता फेरी स्वास्थ्य बिग्रियो । निजी अस्पताल लैजान आर्थिक अभाव भएपछि युगज्योतीले फेरी भक्तपूर क्यान्सर अस्पताल नै लगिन् । त्यसपटक अस्पतालले झनै दुब्र्यवहार गर्यो । बिरामीलाई हाइ डोजको औषधि चलाईयो, जुन औषधिले घनश्यामको मानसिक अवस्था पनि बिग्रिएको युगज्योती बताउँछिन् । त्यहाँ बस्नै नसक्ने भएपछि युगज्योतीले फेरी रिफर मागिन् । तर, अस्पतालले कागजपत्र समेत दिएन । दुखाइले अर्धचेत भइसकेका श्रीमान बोकेर केएमसी अस्पतालको इमर्जेन्सीमा पुगेकी युगज्योतीले मध्यरातमा एउटा फेसबुक स्ट्याटस लेखिन् । हजारौंले उनको स्ट्याटस पढेपछि केएमसी अस्पतालले घनश्यामलाई भर्ना गरेर उपचार शुरु ग¥यो । यता स्वास्थ्य मन्त्रालयलगायत कलाकार तथा विभिन्न संघसंस्थाले सम्बन्धित डाक्टरलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । तर, केही कार्यान्वयन नै भएन ।

    ०००


    गत महिना मात्रै केएमसी अस्पतालले आन्द्रामा पलाएको ट्युमर निकाल्न १६ घण्टा लामो शल्यक्रिया ग¥यो । तर, घनश्यामको स्वास्थ्यमा सोचेजस्तो सुधार हुन सकेन । पछिल्लो पटक उनलाई केएमसी अस्पतालले पनि घरमा आराम गराउन आग्रह गरेर घर पठाएको थियो । तर, एक्लै युगज्योतीले श्रीमान आँखै अगाडि छट्पटिएको देख्न सकिनन् । अहिले काठमाडौं क्यान्सर अस्पतालमा उनलाई भर्ना गरिएको छ । 

    ०००

    घनश्याम जीवनको अन्तिम समयसँग संघर्ष गरिरहेका छन् । युगज्योती आफ्नो प्रिय पात्रबाट टाढा हुनुपर्ने छटपटीमा छिन् । समयभन्दा बलवान कोही पनि पनि छैन । युगज्योतीले भनेजस्तो चमत्कार भयो भने पक्कै घनश्याम फेरी उठ्नेछन् । युगज्योती र घनश्यामको प्रेम युग युग बाँचोस् । फेरी पनि घनश्याम रंगमञ्चमा फर्किन सकून् ।

    कलाकार घनश्यामको शिघ्र स्वास्थ्य  लाभको कामना...

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij