Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको संकेत

राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको संकेत

मंगलबार, जेठ १३ २०८२
मंगलबार, जेठ १३ २०८२

  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजधानी कब्जा गर्ने अभिव्यक्तिले राजनीतिक क्षेत्रमा तरंग ल्याएको छ । जेठ १५ गते राप्रपा, राप्रपा नेपाललगायत दल र विभिन्न राजावादी समूहले राजतन्त्र पुनःस्थापना, सङ्घीयता खारेजी, हिन्दु राज्य पुनःस्थापनालगायत माग राखेर आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

    images

    सोही आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले गोदावरीमा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै १५ जेठमा राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन् ।  

    यो निर्देशनपछि राजनीतिक दलहरुबीच खैलाबैला मच्चिएको छ भने सत्तारुढ र प्रतिपक्षी लगायत राजसंस्थाको वकालतमा लागेका दल र कार्यकर्ताबीच द्धन्द्धको सम्भावना बढेको छ ।  

    जेठ १५ गते गणतन्त्र दिवसको दिन घोषणा भएको आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई सोही दिन दिउँसो ११ बजे देखि २ बजेसम्म तैनाथ रहन निर्देशन दिए । देशको प्रधानमन्त्रीबाट आएको निर्देशनपछि दलका कार्यकर्ताबीच नै मुठभेदको सम्भावना अधिक देखिन्छ । 

    ओलीको यो निर्देशनले चैत १५ को अवस्था फर्किन सक्ने  खतरा बढेको विश्लेषकहरु बताउँछन् । यसअघि, चैत १५ मा राजावादी प्रदर्शनमा भएको झडपले दुईजनाको ज्यान गएको थियो भने सार्वजनिक र नीजि सम्पत्तिमा समेत क्षति पुगेको थियो।

    प्रधानमन्त्रीको निर्देशन र राजावादीको घोषणाबीच जेठ १५ लाई लिएर प्रधानमन्त्री स्वयंले सुरक्षा निकायलाई कसरी परिचालन गर्लान् रु कस्तो सुरक्षा दिइएला  रु संघीय संसदमा संघीय बजेट समेत प्रस्तुत गरिने दिनमा देखिएको यो अवस्थाले देशमा के होला त्यो भने हेर्न बाँकी छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij