Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

उपत्यकाका खोला किनारका बस्ती

'झुक्याएर मलाई दोस्रो श्रीमती बनाए'

'झुक्याएर मलाई दोस्रो श्रीमती बनाए'

मंगलबार, वैशाख ३० २०८२
मंगलबार, वैशाख ३० २०८२

  • काठमाडौं । थापाथलीको छेउमै रहेको सुकुम्बासी बस्तीबाट भित्र छिर्दा, एउटा सानो र होचो काठको टहरा छ । त्यही टहरामा ६९ वर्षीया लक्ष्मी (नाम परिवर्तन ) चिया बेच्दै जीवन गुजारिरहेकी छन्। त्यही टहरा अहिले उनको बास पनि हो र पसल पनि।

    images

    कहिल्यै सपनामा पनि कल्पना नगरेको कठिनाइको यात्राबाट उनी यहाँ आइपुगेकी हुन्। डा. बाबुराम भट्टराईको पालामा भएको सुकुम्बासी बस्ती खाली गराउने अभियानले उनको खोला किनारमै रहेको ब्लकको घर एकछिनमै ढलाएको थियो । त्यससँगै भत्किए, उनका सपनाहरु । 

    लक्ष्मीको वास्तविक घर पाटन, ललितपुरमा थियो। यता बस्तीमा आएर बस्नु उनको इच्छा होइन, बाध्यता हो। विवाह भएको तीन महिनामै उनले श्रीमानको पहिले नै अर्की  श्रीमती रहेको थाहा पाएकी थिइन् । श्रीमानले उनीहरुलाई अलग कोठामा राखेका थिए । 

    नियती र प्रकृतिसंग हारेकी परमेश्वरी देवी नियती र प्रकृतिसंग हारेकी परमेश्वरी देवी

     

    श्रीमानको वास्तविकता थाहा पाएलगत्तै उनले अलग हुने निर्णय गरिन् । “झगडा गरेर के गर्नु, आफै काम गरेर बाँच्छु भनेर छुट्टै बस्न थालेँ,” उनी भन्छिन्। केही समय उनी राजधानीमा कोठा भाडामा लिएर पनि बस्न थालिन्, तर आर्थिक अभावले जीवन कहाँ सजिलो बनाउँथ्यो र ? अन्ततः परिस्थिति अझै बिग्रँदै गयो र उनी सुकुम्बासी बस्तीमा बस्न बाध्य भइन्।

    “हामीलाई यहाँ पानी पर्दा धेरै गाह्रो हुन्छ,” उनी भन्छिन्, “पानी परेपछि सबै हेर्न आउँछन्, पछि कोही फर्केर आउँदैनन्।” गत वर्षको साउनमा आएको बाढीले उनीहरुको सारा सामान डुबायो। प्रहरी आएर निकालिदिए, ओछ्यान दिए, तर त्यो मात्रै काफी थिएन। अब फेरि बर्खा आउँदैछ, डर पनि बढ्दैछ।

    उनको दिन चिया बेचेरै बित्छ। छोरी अरूको घरमा काम गर्छिन्। दुई जनाको जीवन यस्तै संघर्षमा गुज्रिरहेको छ। “के गर्नु त, जति सकिन्छ चिया बेचेर बस्छु,” आमाले भनिन्।

    लक्ष्मीको माइती भक्तपुरमा हो। घरमा नपाएको सहयोग माइतीबाट पाइएला भन्ने आशा उनले गरिनन् । त्यही भएर सुकुम्बासी भएरै जीवन काटेको उनले  बताइन् ।बस्तीमा भएका केही सहयोग सम्झिँदै उनी भन्छिन्, “बाढी आउँदा ओछ्यान त पाएँ, तर पैसाको सहयोग भने पाइएन।”

    उनलाई बाढीका बेला आउने सहयोग भन्दा पनि उपयुक्त बासको खाँचो छ , जसमा उनी आनन्दले सुत्न सकुन् र सन्तोषको सास लिन सकुन् । जहाँ उठिबास लाग्ने डर नहोस् भन्ने चाहन्छिन् लक्ष्मी ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij