Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

उपत्यकाका खोला किनारका बस्ती

नियती र प्रकृतिसंग हारेकी परमेश्वरी देवी

नियती र प्रकृतिसंग हारेकी परमेश्वरी देवी

सोमबार, वैशाख २९ २०८२
सोमबार, वैशाख २९ २०८२
  • काठमाडौं । उनी हुन् सिरहाको बन्दीपुर बस्ने ३५ बर्षीया परमेश्वरी देवी मुखिया । उनको नियती यस्तो थियो कि, उनको न त बाल्यकाल राम्रो थियो, न त वर्तमान नै । परमेश्वरी देवीलाई आफ्नो जीवन एक अभिशाप जस्तै लाग्छ । जीवनले उनलाई यसरी ठग्यो कि उनले खुसी के हो भन्ने अनुभव सम्म गर्न पाइनन् । 

    images


    ९ वर्षसम्म उनको बाल्यकाल सामान्य रुपमै बित्यो । १० वर्ष मात्रै के टेकेकी थिइन्, आँखा पाक्ने रोगले उनलाई निकै समस्या भयो । आँखा पाक्ने रोगकै कारण दुवै आँखाको दृष्टि उनले गुमाउनु परेको थियो । आर्थिक समस्याका कारण उनले समयमै उपचार पाइनन् । 'आज खाए भोली के खाने भन्ने थाहा थिएन, उपचार कसले गराउँथ्यो ? 'आफै प्रश्न गर्छिन् । उनको परिवारमा आमा, बुबा र दुई दिदी बहिनी थिए । खान लाउनकै लागि जोहो गर्नुपर्ने बाध्यतामा उनको जीवन बित्दै थियो । त्यसबिचमा उनको विवाह भयो । उनका श्रीमान पनि दृष्टिविहीन नै थिए । गाउँमा खाद्यान्नको जोहो गर्न समस्या हुने भएकाले उनी आफ्ना श्रीमानका साथमा करिब २५ वर्ष अगाडि काठमाडौं आए । अनि यता पनि बास बस्ने स्थान नपाएपछि थापाथलीस्थित बागमती किनारमा जस्ताको टहरा हालेर बसे । 

    'कंक्रिट र बाँधले पानी निकास हुन्न, बाढी त आउने नै भो नि' 'कंक्रिट र बाँधले पानी निकास हुन्न, बाढी त आउने नै भो नि'


    समय बित्दै थियो । उनीहरुका एकजना छोरी यही टहरामा जन्मिइन् । उनी अहिले १८ वर्षकी भइन् । खोलाको पुलमा मागेरै उनले आफ्नी छोरीलाई हुर्काइन ,बढाइन्, अनि पढाइन् । तर उनलाई कक्षा आठ भन्दा माथि पढाउन उनले सकेनन् । जसो तसो घरबार चल्दै नै थियो । केही समय अगाडि उनकी छोरीको पनि दुर्घटनामा खुट्टा भाँच्चियो । खुट्टामा अहिले रड लागेको छ । 'एक वर्ष अगाडि मात्रै होटलमा काम गर्न थालेकी थिइन् छोरी र घरको खर्च अलि अलि धान्दै पनि थिइन्', उनी भन्छिन् 'छोरीको दुर्घटनापछि त्यो पनि बन्द नै भयो ।'

    दुःखीलाई कसैले साथ दिँदैन ।  उनलाई समयले पनि साथ दिएन । चार महिना अगाडि उनको श्रीमानको पनि मृत्यु भयो । रोगका कारण श्रीमानको ज्यान गएपछि उनी एक्लो भइन् । दुई छाक टार्न समस्या छ, तर श्रीमानको तेह्रौं दिनको श्राद्ध उनले सकि नसकि गरिन् । उनी भन्छिन्, 'अब फेरि श्रीमानको वार्षिक श्राद्ध गरेर घरमा सबैलाई भोज खुवाउनु पर्छ । म यहीँबाट चामल लिएर जान्छु अनि खुवाउँछु ।'
    उनको घरबार यतिबेला आफ्नै अपांग भत्ताबाट चलिरहेको छ भन्दा फरक नपर्ला । पुल छेउमा बसेर चामल, पैसा कसैले दान दियो भने अलि अलि जोहो हुन्छ । त्यो भन्दा बाहेक उनलाई न त स्थानीय तहले हेरेको छ, न त राज्यले । 

    परमेश्वरी गहकिलो स्वरमा प्रश्न गर्छिन्, 'आफू दृष्टिबिहिन र श्रीमान् बितिसकेपछी मेरो पिडा कसैले बुझ्दैन । दैवले मेरो समस्या कहिले बुझ्ने ?' 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij