Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'व्यापारी आफैँलाई जलाउँछन्'

'व्यापारी आफैँलाई जलाउँछन्'

सोमबार, वैशाख २९ २०८२
सोमबार, वैशाख २९ २०८२

  • काठमाडौं : २ वर्ष अगाडि नाती नातिनाको हेरचाहका लागि काठमाडौं आएका थिए नन्दराम आचार्य। कैलाली घोडाघोडी नगरपालिका वडा नं १ सुखड बजारबाट आएर उनीहरु अहिले काठमाडौंको कुमारी मन्दिरसंगैं बस्छन् । एउटा कोठा भाडा लिएर बस्दै आएका उनी  अहिले काठमाडौंको गौशालाको एउटा गल्लीको सानो सटरमा बसेर कपडा पसल खोलेका छन् । उनी भन्छन् मैले कपडा व्यापार गर्न थालेको नै २० वर्ष भइसकेको छ । बच्चाहरुको पढाइ खर्चकै लागि पनि यो व्यवसाय थालेको हो । 

    images

    कैलालीमा हुँदा उनले सबैभन्दा पहिले ज्यालामजदुरी गरी परिवार र आफ्नो पेट पाल्थे  । आर्थिक स्थिती धेरै नाजुक थियो । तर आर्थिक अवस्था सबलीकरणका लागि उनले व्यापार गर्ने आँट गरे र खोले कपडा पसल । उनले त्यहाँ लामो समयसम्म कपडा पसल चलाए, अनि आफ्ना ४ जना छोराछोरीको पालनपोषण र उनीहरुको पढाइमा खर्च गरे । 

    उनी व्यापारको कुरा गर्दागर्दै देशको राजनीतिमा आएको परिवर्तन र अस्तव्यस्तताले नागरिकमा आएको निराशाबारे बर्णन गर्छन । राजतन्त्र ढलेर गणतन्त्र आयो तर नागरिकले केही फरक अनुभव गर्न पाएका छैनन्, नेताहरुले झन देश नै डुबाए, उनी यसरी आक्रोश पोख्छन् ।

    अहिले त व्यापार पनि छैन, भएका युवाहरु पनि सबै बिदेश पलायन भइसके, गरिराखेको काम छोडौं भने पनि भएन, अरु भन्दा पनि देश को चिन्ता बढी लाग्छ उनले भने। उनका कान्छा छोराको मृत्यु भइसकेको छ,  उनी भन्छन्, सबैको राम्रै छ कान्छाका छोरा छोरी टुहुरा भएको कारण म र श्रीमती भएर यहाँ रेखदेख गर्छौ। उनले आफ्ना कान्छा छोरा लाई सम्झदै भने मेरो छोराले अर्कै श्रीमती लिएर गएको कारण जेठी बुहारी र नाती नातिना हामीसँगै थिए छोराले अर्कै बुहारी लिएर उता  सिन्धुपाल्चोक को एउटा कारखानामा सुरक्षा गार्डको काम गर्ने गरेको रहेछ, त्यसपछि उसको उतै मृत्यु भयो ५ वर्ष अघि। 

    हाम्रो देशको अहिलेको सरकार रहँदासम्म हामीलाई त कहिले राम्रो भएन अब आउने सन्ततीको पनि यो सरकार रहँदासम्म राम्रो हुन्न, उनले भने। २० वर्ष अगाडि मैले व्यापार सुरु गर्दा र अहिलेको अवस्थामा आकाश पातालको फरक छ, त्यति बेला राम्रो थियो ढुक्कले काम गर्न पाइन्थो अहिले त्यस्तो छैन। मैले यो व्यापार सुरु गर्दा त्यति बेला ४र५ लाख लगाएर खोलेको थिए। मैले एउटा कपडामा १००, ५० सम्म फाइदा कमाउने गर्छु। बिहान बोहनी को समयमा हो भने १०र१५ रुपैयाँ मात्र राखेर व्यापार गर्नु पर्छ। पहिला जसरी काम सुरु गरेको थिए त्यति बेला त म सन्तुष्ट थिए अहिले भने सन्तुष्ट छैन, उनले भने।


    पहिला पहिला हामीले राज्यको अभिभावकत्वको अनुभव हुन्थ्यो हामीलाई । अनि निर्धक्क काम गर्न पाइन्थ्या । तर अहिले आर्थिक व्यवस्थाको कुरा गर्नुपर्दा बैंकमा पहिला ८ प्रतिशतमा ऋण लिन सकिन्थ्यो । अहिले त्यो बढेर १७ प्रतिशत बनायो । यही कारण कति व्यापारीले आफूलाई जिउँदो जलाए । हिजो त यस्तो अवस्था थिएन । उनको कुराका निराशा छाएको प्रष्टै देखिन्थ्यो । 



    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij