Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कोभिडमा फक्रिएको नर्सरी

'अनुदान लिन उल्टै पैसा तिरेँ'

'अनुदान लिन उल्टै पैसा तिरेँ'

बिहीबार , वैशाख २५ २०८२
बिहीबार , वैशाख २५ २०८२
  • काठमाडौं । कोभिड–१९ महामारीले विश्वभरको जनजीवन अस्तव्यस्त बनाएको बेला, नेपालमा पनि जनजीवन ठप्प भयो। मानिसहरू घरभित्र थुनिए, हजारौंले रोजगारी गुमाए र सम्भावनाहरू निराशामा परिणत भए। तर यिनै कठिन परिस्थितिमा भक्तपुरका ३५ वर्षीय अनिल कर्माचार्यले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरे, त्यो हो फूलको खेती अर्थात नर्सरी । 

    images

     

    चीनमा स्नातक अध्ययन गरिरहेका अनिल लकडाउनको कारण नेपाल फर्किन बाध्य भए। नेपाल फर्किएपछि पनि अवस्था उस्तै थियो — रोजगारी थिएन, अवसर थिएन। तर थिए बुबाको बगैँचाप्रतिको मोह र अनिलको आँट। बुबाको फूलप्रेमले प्रेरणा दिँदा अनिलले नर्सरी सुरु गर्ने निर्णय लिए। त्यो समय देशभर अनिश्चितता छाएको थियो, तर अनिलले आफ्नो भविष्यलाई माटो र हरियालीमा खोजे। “नेपाल भाषामा एम ए गरेँ, तर त्यो ज्ञान यहाँ काम लाग्ने ठाउँ छैन। केही सिर्जनात्मक गरौं भने न त तालिम पाउने ठाउँ छ, न त राज्यको साथ,” अनिल भन्छन्, “त्यसैले आफैं बाटो बनाउनुपर्ने भयो।”

     

    शुरुमा थोरै लगानी र थोरै बिरुवा लिएर सुरू गरिएको व्यवसाय अहिले १५–२० लाखको लगानीमा फैलिएको छ। सिजनमा उनले महिनाको ३–४ लाखसम्मको व्यापार गर्छन् भने अफसिजनमा पनि एक लाखको कारोबार हुन्छ। भक्तपुरजस्तो पुरातात्त्विक नगरमा त्यति धेरै नर्सरी नभएकोले उनीसँग ग्राहकको राम्रो ओइरो लाग्छ।अनिल भन्छन्, “नेपालमा साँच्चिकै केही गरौँ भन्ने युवा उद्यमीलाई राज्यबाट सहयोग पाइँदैन। अनुदान पनि पहुँचवालाले पाउँछन्। हामीजस्ता सामान्यको त निवेदन पनि स्वीकृत हुँदैन।”

     

    सरकारले कृषि र स्वरोजगारका नाममा अनुदान छुट्याए पनि त्यो कागजमै सीमित भएको अनिलको गुनासो छ। “झुटो विवरण दिनेहरूले वर्षौदेखि अनुदान पचाइरहेका छन्,” उनी भन्छन्, “वास्तविक व्यवसायी हेर्ने कुनै संयन्त्र छैन।” अनुदान पाउनका लागि उल्टै पैसा तिर्नुपर्छ । यो कस्तो प्रकृया हो ? उनी आफैँ प्रश्न गर्छन् ।

     

    तर यी सबै चुनौतीका बीच पनि अनिलको प्रयास जारी छ। उनले आफ्नै जाँगर र लगनले नर्सरी व्यवसायलाई विस्तार गर्दै लगेका छन्। उनका अनुसार नेपालमा फूल व्यवसाय अझै सम्भावनायुक्त क्षेत्र हो — तर प्रविधि, तालिम र नीति समर्थनको खाँचो छ। उनी भन्छन्, “हामी प्रयास गरिरहेका छौँ, अब राज्यको पालो हो।”

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij