Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कलावतीदेवीको यात्रा

घरमा लुकेर सिकेको सिपदेखि बुटीकसम्म

घरमा लुकेर सिकेको सिपदेखि बुटीकसम्म

मधेस पृष्ठभूमिमा जन्मेकी कलावतीदेवीलाई यहाँसम्म आउँन ठुला आँट र हौसला सञ्चय गर्नुपरेको थियो ।

बुधबार, वैशाख २४ २०८२
बुधबार, वैशाख २४ २०८२

  • काठमाडौं ।  ४१ वर्षीया कलावतीदेवी यादव, काठमाडौंको नयाँ बानेश्वर जाने बाटोमा उनको बुटिक पसल छ । उनको बुटिक पसलमा ग्राहकको भीड नै लाग्छ । उनले आफ्नो पसलको नाम राखेकी छन् पूजा बुटिक ।

    images

     
    उनले यो व्यवसाय थालेको १० वर्ष भयो । उनी यो व्यवसायमा झट्टै हाम फालेको भने होइन । मधेस पृष्ठभूमिमा जन्मेकी कलावतीदेवीलाई यहाँसम्म आउँन ठुला आँट र हौसला सञ्चय गर्नुपरेको थियो । उनले सुरुमा साधारण सिलाई कटाइबाट आफ्नो सिपको सिकाइ सुरुवात गरिन् । आफ्नै घरमा सासु ससूरा बाहिर खेतीपातीमा निस्कने बेलालाई उनले अवसरको रुपमा प्रयोग गरिन् अनि आफ्नै आफन्तका पुराना तथा नयाँ लुगा सिलाइकन सिपलाई तिखारिन् । 


    साधारण सिलाइकटाइमै उनको दिन वितेको थियो । तर उनलाई अवसर यसरी जुट्यो कि जसले २० लाख पूँजी लगानी गर्न सक्ने  व्यवसाय गर्न प्रेरित गरेको थियो । आफ्नै सानी छोरीको शिक्षा दिक्षाका लागि उनी श्रीमानसंग २०७२ सालमा काठमाडौं आइन् । सुरुमा काठमाडौं आउँदाका ६ महिना खाली हात बस्नुपर्दा ६ वर्ष विताएको जस्तो लाग्थ्यो उनलाई । एक जना आफन्तको सहयोगमा उनले अनामनगरको विजुली बजारमा सात लाख लगानी गरि सिलाइको व्यवसाय थालिन् । उनले यो व्यवसाय गरेको १० वर्ष भइसक्यो । यस दौरानमा उनले बुटिकका अनेक सीप सिकिन् र बजारमा अन्य सिलाई पसलसंग कडा प्रतिस्पर्धीका रुपमा उत्रिन सफल भइन् ।
    उनको यही लगानीबाट आज सफल उद्यमी बन्न सघाएको छ । 


    उनी यही क्षेत्रमा व्यवसाय विस्तार गरी कडा मेहेनत गरिरहने दृढता देखाउँछिन् । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij