Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कपडा पसलदेखि आधा करोडको सफलतासम्म

आफ्नै भाग्यरेखा कोर्दै रेखा थपलिया

आफ्नै भाग्यरेखा कोर्दै रेखा थपलिया

श्रीमानको तलब २५ सय हुँदा रेखाले विद्यालयबाट १५ सय तलब थाप्थिन् । एकदमै भावुक स्वभावकी रेखालाई आफ्ना श्रीमानले सुरुका दिनदेखि नै नडराउन र नआत्तिन सुझाइरहन्थे ।

मंगलबार, वैशाख १६ २०८२
मंगलबार, वैशाख १६ २०८२

  • काठमाडौं : कागेश्वरी नगरपालिका–६ स्थित बाबा चोकको सामान्य कपडा पसलमा बस्ने ३८ वर्षीया रेखा गौतम थपलियाको कथा बिल्कुलै असाधारण छ ।  रेखाको कथाले साथ, संघर्ष र आफूभित्रको आत्मबलले आत्मविश्वासी हुँदै उद्यमी बन्ने सम्मको कथा बोकेको छ। 

    images

    भर्खरै १० कक्षाको परीक्षा दिएर २०५८ सालमा काठमाडौं छिरेकी रेखा २४ वर्ष पछाडि निडर, आत्मविश्वासी उद्यमी बनिसकेकी छिन् । उनको यो परिचय सजिलै हासिल भएको भने होइन ।

    चितवन भण्डाराकी रेखालाई आफ्नो व्यवसायको थालनी गर्न करिब १४ वर्ष अगाडि मात्रै सम्भव भएको थियो ।घरमा जन्मदिने आमा वृद्धावस्थाका थिइन् भने आफूभन्दा जेठा दाजु पनि अपांग थिए । पारिवारिक तथा आर्थिक संकटका कारण राजधानी आएका रेखालाई सुरुका दिन सम्झँदा भावविव्हल बनाउँछ । ‘ती दिनमा काठमाडौं आउँदा पनि नेपालबाट विदेश नै गए सरह भएको थियो । ’उनी भन्छिन् । त्यस अन्तरालमा काठमाडौंको एक विद्यालयमा साना नानीबाबुलाई पढाउने शिक्षिकाको भूमिका पनि उनले निभाइन् । शिक्षिका हुँदै खेरि उनको विवाह, सानो बेलादेखिको आफ्नै गाउँका साथीसंग भयो । 
    विवाहपछि पनि उनको संघर्षमा पूर्णविराम लागेको थिएन् । २०६२ सालको कुरा हो, श्रीमानको तलब २५ सय हुँदा रेखाले विद्यालयबाट १५ सय तलब थाप्थिन् । एकदमै भावुक स्वभावकी रेखालाई आफ्ना श्रीमानले सुरुका दिनदेखि नै नडराउन र नआत्तिन सुझाइरहन्थे । सायद यही ढाडस, उनलाई संकटकालका बेला पनि अगाडि बढ्ने प्रेरणाको स्रोत बन्यो । अनि सुरु गरिन् जोरपाटीमा सानो लगानीमा कपडा पसल । 


    ती दिनमा लगानी सानो थियो, तर सपना भने ठूला थिए । “व्यवसाय भन्ने कुरा त ठूला व्यक्तिहरूले मात्र गर्ने हो” भन्ने आम मान्यतालाई उनले आफ्नै ढंगले चुनौती दिइन्—साधारण आम्दानीको स्रोतबाट असाधारण बाटो कोर्दै।

    रेखालाई कपडा पसल खोल्ने हौसला दिएर उनका श्रीमान भने विदेश हिँडेका थिए । आफ्नो आम्दानी र श्रीमानले पठाएको रकम जोहो गर्दै उनले काठमाडौं मूलपानीस्थित बाबा चोक गजूरेल डाँडामा घर किनिन् । अनि जोरपाटीको पसल पनि आफू बस्ने घर नजिकै सारिन् । ६ वर्ष अगाडि मूलपानीको बाबा चोकमा पसल खोल्दा उनलाई त्यहाँको बजारले चुनौती दिएको थियो । सुनसान सडकमा एउटा मात्रै कपडा पसल । तर समय र विकासले यसरी फड्को मा¥यो कि यतिवेला उनले यही पसलबाट पूँजी निर्माण गर्दै गइन्, बचत थप्दै गइन् । अहिले उनको पसलमा स्थायी ग्राहकको बाक्लो उपस्थिति छ, र आर्थिक हिसाबले उनी आधा करोड बराबरको सम्पत्तिकी धनी बनिसकेकी छन्।

    जस्तोसुकै परिस्थितिमा पनि विकलित नभई आत्मविश्वास लगानी गरेकै कारण रेखा थपलिया वर्तमानमा एक सफल व्यवसायी बन्न सकिन् । 

    दुई छोरा र एक छोरीकी आमा रेखाले जस्तै अवसर खोज्ने होइन, सिर्जना गर्ने हो । अनि मात्रै सफलता हात लाग्छ । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij