Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

सामाजिक सञ्जालको टिप्पणी ! सुनिताको जित कि बालेनको ?

सामाजिक सञ्जालको टिप्पणी ! सुनिताको जित कि बालेनको ?

बिहीबार , चैत २१ २०८१
बिहीबार , चैत २१ २०८१
  • काठमाडौं । काठमाडौं महानगरमा बिहिबार बिहानै विवाद भयो । तीन महिना नाघेपछि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर भएपछि बिहानै प्रहरी नै परिचालन गरियो । गुरागाईंको हाजिरीसँगै महानगरका चर्चित मेयर बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ ।  

    images

    चियापसलदेखि सामाजिक सञ्जालमा मेयर बालेन र उपमेयर सुनिताबारे टिप्पणी हुन थालेको हो । नेकपा एमालेबाट उपमेयर जितेकी सुनिता डंगोलले यसपटक मेयर बालेनसँग जोरी खोजेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले नै उनलाई परिचालन गरेको टिप्पणी पनि हुन थालेको छ ।   

    बिहिबार प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने बुझेपछि मेयर बालेन शाहले रोक्न खोजेका थिए भने उपमेयर सुनिता डंगोल वडा अध्यक्षहरुसँग मिलेर गुरागाईंलाई हाजिर गराउन लागेकी थिइन् । अन्ततः कर्मचारीसङ्ग मिलेर गुरागाइलाई कक्षसम्म पुर्‍याइयो । मेयर बालेनको गुरागाईंलाई रोक्ने प्रयास सफल नभएपछि एमालेबाट उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलको हठको जित भएको छ । यो विषयमा मेयर बालेनको सचिवालयले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दमनलाई विषयान्तर गर्नका लागि सरकारकै ठाडो निर्देशनमा यस्तो कार्य भएको दाबी गरेका छन्  । भने उपमेयर सुनिताले कोठाभित्र बसेर निर्देशन नदिन मेयर बालेनलाई चेतावनी दिएकी छिन् ।

    विभिन्न क्षेत्रमा अनियमितता गरेको भन्दै गुरागाईंलाई गत पुस ५ गतेदेखि कार्यालय प्रवेशमा अवरोध गरिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविही नहुँदा तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित थिए । यही समस्याकाबीच महानगर प्रमुख बालेन शाहले पटक पटक नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सरकारलाई आग्रह गरेका थिए । पछिल्लो पटक मेयर बालेन सामाजिक सञ्जाल फेसबुकमा एक हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए नेताहरुलाई टुकुचामा गाड्ने चेतावनी पनि दिएका थिए ।  

    तर, सरकारले झण्डै साढे ३ महिना पछि पनि बालेनले नरुचाएका उनै  गुरागाईंलाई पुनः पठाएपछि सरकारले महानगरबीचको पुनः विवाद चर्किएको छ ।  योसँगै सरकार, महानगर, एमाले, बालेन शाह र सुनिता डंगोलबारे सामाजिक सञ्जालमा लेखिएका कुरा हेर्नुहोस् जस्ताको त्यस्तै...

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij