Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

पिरो अमिलो चटपटे र पानीपुरी बनाउने सुशील (भिडियोसहित)

पिरो अमिलो चटपटे र पानीपुरी बनाउने सुशील (भिडियोसहित)

बिहीबार , चैत २१ २०८१
बिहीबार , चैत २१ २०८१
  • काठमाडौं । चटपटे र पानीपुरी भन्ने वित्तिकै मुखमा पानी  नआउने कमै होलान् ।  सायदै व्यक्ति होलान् जसले चटपट र पानीपुरी  मन नपराउँने । अहिले नेपालका प्राय ठाउँमा चटपट र पानीपुरीको व्यापार आम्दानीको श्रोत बनेको छ । भारतियहरुपनि नेपालमा आएर चटपटे र पानीपुरीको व्यापार गरेर मनग्य आम्दानी गरिरहेका छन् । ती  मध्ये भारत विहार दरभंगाका सुसिल साह पनि एक हुन् । 

    images

     ३० वर्ष अघि नेपाल आएका सुसिलले पानीपुरी र चटपटको व्यापार गर्न थालेको १५ बर्ष भयो । ‘म आफ्नो कामप्रति एकदम सन्तुष्ट र खुसी छु, पढाइलेखाइ छैन योभन्दा बढी के गर्न सक्छु र ? कि अरूको ज्याला मजदुरी गर्नुपर्‍यो, त्योभन्दा त यही काम ठीक छ । कसैको रोकतोक छैन यसमै खुसी छुँ ’ सुरुवातमा ठेलामा राखेर पानीपुरी र चटपट बेचेका उनले अहिले सटर लिएर व्यापार थालेका छन् । काठमाडौं महानगरले फुटपाथबाट हटाएपछि उनले सटर लिएर व्यापार थालेका हुन् । फुटपाथमा जस्तो राम्रो कमाई नभएपनि घरखर्च चलाउन पुग्नेगरी व्यापार भइरहेको उनले सुनाए ।   

    ४० वर्षका सुसिलका तीन छोरी र एउटा छोरा छन् । जेठी छोरीको विवाह भइसकेको छ भने दुई छोरी र छोराले पढिरहेका छन् । उनी भन्छन् ‘जेठी छोरीको विवाह गरिदिए , अहिले तीन जनाको पढाई खर्च र घर व्यवहार चलाउन पुगेकै छ ’ कुनै समय अरुको आदेश अनुसार का मगर्ने सुसिल आज आफ्नै व्यवसाय गरेर खुसी छन्  । १० बर्षको उमेरमा नेपाल आएका उनको विगत त्यति सुखद भने थिएन ।

    आमाको मृत्युपछि व्यवसाय

    परिवारको आर्थिक अवस्था कमजोर भएकाले लेखपढ गर्न नपाएका सुसिलले कलिलो उमेरमै परिवारको सबै जिम्मेवारी बोकेका थिए । तीन जना दाजुभाइ र एउटी दिदी, कमाउने बुबा मात्रै थिए उनको परिवारमा । बुबाको दुख नजिकबाट नियालेका सुसिललाई छट्पटी हुन्थ्यो।‘बुबाको दुख देखेपछि धेरै नै छट्पटी हुन्थो कसरी सघाउने होला भन्ने लाग्थ्यो, पढाइलेखाइ नभएपछि काम पाउने कुरै थिएन’ कलिलो उमेरमा जिम्मेवारी बोकेका सुसिलले घर छाडेर दिल्ली पुगे । उनले त्यहाँ ८ सय मासिक पाउनेगरी काम पाए । त्यही कम्पनीको कामको सिलसिलामा उनी नेपाल आएका हुन् । नेपाल आएपछि उनले  नयाँ काम खोजे । उनले प्रतिष्ठित मिठाई पसलमा काम पाए । काम ठिकठाक चल्दै थियो ।कमाई पनि राम्रै थियो । यसरी उनले १५ बर्ष सम्म त्यही काम गरेका रहेछन्  ।   

    लामो समयसम्म काम गरेको संस्थाले उनको दुख बुझेन ,त्यसपछि उनले काम नै छाडिदिए ‘आमाको मृत्यु भएको खबर गर्दा समेत मैले विदा पाइन, कस्तो भयो होला आफै कल्पना गर्नुहोस् त । त्यसपछि मैले जागिर नखाने निर्णय गरे जुन मेरो जीवनको सबैभन्दा ठूलो निर्णय थियो ’। परिवारको जिम्मेवारी एकातर्फ थियो भने बेरोजगारी अर्को समस्या बनेर आयो । उनले के गर्ने कसो गर्ने भनेर भौतारिन थाले । साथिहरुको सल्लाह अनुसार उनले पानीपुरीको व्यवसाय थाले । उनले दिनभरी पानीपुरीको पुरी बनाएर पसल पसल डुलाउथे ।‘पसल पसल डुलाउदा व्यापार त हुन्थ्यो तर समयमा पैंसा पाउन मुस्किल थियो । एक दुई दिन पो चल्छ सधै त सकिदो रहेनछ । 

     त्यसपछि आफैले ठेलामा बेच्न सुरु गरे ’ सुरु–सुरुमा व्यवसाय राम्रे चलेको थियो । तर अहिले प्रतिस्पर्धा बढेको छ भने महानगरले फुटपाथ हटाएपछि व्यापार घटेको सुसिल सुनाउछन् । जे जस्तो समस्या भएपनि सुसिल खुसी नै छन् । ‘व्यवसाय सानो होला तर कसैसंग झुक्न परेको छैन ’ उनी भन्छन् ।  व्यापार नभएको दिन उनी भन्छन्  ‘एक दिन पालो पक्कै आउँछ ।’

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij