Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सिन्धुलीमा यही फागुन ५ गतेदेखि प्रथम खेलकुद महोत्सव हुने

सिन्धुलीमा यही फागुन ५ गतेदेखि प्रथम खेलकुद महोत्सव हुने

भक्स पप नेपाल
शुक्रबार, फागुन २ २०८१
भक्स पप नेपाल
शुक्रबार, फागुन २ २०८१
  • काठमाडौं । जिल्ला खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा यही फागुन ५ देखि १३ गतेसम्म प्रथम खेलकुद महोत्सव, २०८१ हुने भएको छ । खेलकुदको माध्यमबाट सामूहिक भावनाको विकास गराई स्थानीय स्तरबाट खेल र खेलाडीको विकासमा सहयोग पु¥याउने उद्देश्यले खेलकुद महोत्सव आयोजना गर्न लागिएको खेलकुद विकास समिति, सिन्धुलीका अध्यक्ष वीरबहादुर थिङ तामाङले जानकारी दिए ।

    images

    यसैगरी, जिल्लाको खेलकुदसहित समग्र विकास गर्न र खेलकुदमार्फत जिल्लाको पहिचान स्थापित गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा आयोजक पक्षले गरेको छ ।  अध्यक्ष तामाङले भने, “जिल्लाका स्थानीय तहमा हरेक वर्ष वार्षिक रुपमा खेलकुदका क्षेत्रमा उल्लेख्य बजेट खर्च हुने गरेको छ । तर खेलाडी टिकाउन भने सकिएको छैन । अब अभ्यासमा मात्र सीमित नभई खेलाडीको दिगो व्यवस्थापनमा ध्यान जान आवश्यक छ, हामी त्यसतर्फ लागेका छौँ ।” जिल्लाका हरेक पालिकामा तामझामका साथ खेलकुद प्रतियोगिता भइरहेका छन् तर खेलाडी टिकेका छैनन् भन्ने यथार्थलाई दृष्टिगत गरी खेलकुद महोत्सव आयोजना गर्न लागेको उनले स्पष्ट पारे ।

    प्रथम खेलकुद महोत्सवमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी, कराते, तेकान्दो, एथलेटिक्स, म्याराथन दोड र बक्सिङ गरी १० वटा खेल आयोजना हुने भएको छ । प्रतियोगितामा सिन्धुली जिल्लाका ३५ वर्षमुनिका खेलाडीले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिने क्रममा खेलाडीलाई चोटपटक लागेमा रु एक लाखको बिमा गरिएको समितिले जनाएको छ । प्रतियोगितामा कमलामाई नगरपालिकाबाट २००, दुधौली नगरपालिकाबाट १७५, गोलञ्जोर गाउँपालिकाबाट १३६, फिक्कल गाउँपालिकाबाट ११२, हरिहरपुरगढी गाउँपालिकाबाट १३७, मरिण गाउँपालिकाबाट १५१, घ्याङलेख गाउँपालिकाबाट ११२, सुनकोशी गाउँपालिकाबाट १३७ र तीनपाटन गाउँपालिकाबाट १३७ गरी एक हजार ३४३ खेलाडी सहभागी हुनेछन् । अध्यक्ष तामाङका अनुसार करातेमा १२३, एथ्लेटिक्समा १९८, भलिवलमा १९८, फुटबलमा ३२४, कबड्डीमा १९८, तेक्वान्दोमा ७२, क्रिकेटमा  ५४, ब्याडमिन्टनमा ९०, म्याराथन दौडमा ३६ र बक्सिङ प्रतियोगितातर्फ ५० खेलाडी सहभागी हुने भएका छन् ।

    प्रथम खेलकुद महोत्सवसँगै जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता पनि सञ्चालन हुने भएकाले सहभागी समग्र टोलीलाई ‘मेडल’का आधारमा प्रथम, द्वितीय र तृतीय पालिका घोषणा गरी उत्कृष्टलाई ट्रफी प्रदान गरिने समितिले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij