Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर

भक्स पप नेपाल
आइतबार, माघ ६ २०८१
भक्स पप नेपाल
आइतबार, माघ ६ २०८१
  •    काठमाडौँ।   टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै आइतबारदेखि अमेरिकामा टिकटक चल्न छोडेको छ । अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा ‘माफ गर्नुहोला, अहिलेलाई टिकटक उपलब्ध छैन’ लेखिएको सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । गुगल र एप्पल दुवै एपस्टोरहरूबाट टिकटक गायब भएको छ । अमेरिकी सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको छ । अन्यथा लोकप्रिय एप टिकटक आजदेखि प्रतिवन्धको सामना गर्नेछ । जुन अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको शपथग्रहणको एक दिन अघि हो ।

    images


    अदालतले डिसेम्बरमा भएको फैसलालाई उल्लेख गरिरहेको थियो । सर्वोच्च अदालतको फैसलाको बावजुद बाइडेनले टिकटकमा प्रतिवन्ध लागू गर्ने सम्भावना छैन । निर्णय आगामी डोनाल्ड ट्रम्प प्रशासनले गर्नेछ । ट्रम्पले हालै सर्वोच्च अदालतलाई वार्ता समाधानको लागि समय दिन टिकटक प्रतिवन्ध ढिलाइ गर्न आग्रह गरे ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij