काठमाडौं। आज फाल्गुन १२ मङ्गलबार, देशभर विभिन् दुर्घटनाहरू घटेका छन् । इरानी वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफूल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको अन्तराष्टिय मिडियाले जनाएको छ । दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफूल व्यापारीको मृत्यु भएको छ । एजेन्सीका अनुसार दुर्घटनाको कारण 'प्राविधिक खराबी' भएको बताइएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहरमा भएको पुष्टि गरिएको छ । इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् ।
त्यस्तै, अमेरिकी सेनाले क्यारेबियन क्षेत्रमा लागूऔषधी तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ । सन् २०१५ सेप्टेम्बरको सुरुदेखि संयुक्त राज्य अमेरिकाले तस्करी गतिविधिमा संलग्न रहेको सशङ्कित पानीजहाज तथा डुङ्गाहरूलाई लक्षित गर्दै आएको छ, जसको परिणामस्वरूप अहिलेसम्म दर्जनौँ मानिसहरूको मृत्यु भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै जारी गरेको राष्ट्रिय रक्षा रणनीतिमा सन्दिग्ध लागूऔषधी तस्करहरू विरुद्धको सैन्य कारबाही समावेश गरिएको जनाइएको छ ।
पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ । उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा पुगेका छन् भने, स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गल भित्र रहेको जनाएका छन् । डाक्टरको टोलीले उनीहरूलाई फेला पारी परीक्षण गरेर मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्ति श्रीले बताएका छन् । उनका अनुसार मृत्यु हुने सात जना मध्ये दुई जना चालक दलका सदस्य थिए । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोलाई अनुसन्धानका लागि घटनास्थलमा पठाइएको जनाइएको छ ।


