Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

जङ्गली बँदेलले बालीमा क्षति गरेपछि महोत्तरीका किसान चिन्तित

जङ्गली बँदेलले बालीमा क्षति गरेपछि महोत्तरीका किसान चिन्तित

भक्स पप नेपाल
सोमबार, माघ २८ २०८१
भक्स पप नेपाल
सोमबार, माघ २८ २०८१
  • काठमाडौं । महोत्तरीमा जङ्गली बँदेल गाउँरनगरका बस्तीमा पसेर बालीमा क्षति पुर्‍याउन थालेपछि किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ । सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टी र खैरा वरपरका बस्ती नजिक बँदेलको झुण्डले स्थायी बसोबास बढाएको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डलले बताउनुभयो ।

    images

    यस्तै बर्दिबासदेखि १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका सबै बस्तीमा बँदेलको आतङ्क छ । बँदेलको आतङ्कले घाँसपात गर्न, खेतबारी हेरविचार गर्न र हिडड्लमा निस्कन डर लाग्ने भएको किसानको भनाइ छ । बँदेलले धेरैजसो स–साना केराका कोथा, काउली, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij