Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

काठमाण्डौका ३० लाखबढी नागरिकको सुरक्षाका लागि साढे १० हजार जना प्रहरी परिचालन

काठमाण्डौका ३० लाखबढी नागरिकको सुरक्षाका लागि साढे १० हजार जना प्रहरी परिचालन

भक्स पप नेपाल
शुक्रबार, माघ २५ २०८१
भक्स पप नेपाल
शुक्रबार, माघ २५ २०८१
  • काठमाडौं । काठमाण्डौ उपत्यकामा झन्डै ३० लाख नागरिकको सुरक्षाका लागि साढे १० हजार जना परिचालन गरीएको छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार अहिले काठमाण्डौ उपत्यकामा ३० लाख २८ हजार ३ सय ८६ जना नागरिक रहेको तथ्याङ्क छ भने नेपाल प्रहरीको जनशक्ति १० हजार ६ सय ९ जना रहेको छ ।

    images

    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयअन्तर्गत रहेका प्रहरी निकायमा ११ हजार ७ सय ४९ जनाको दरबन्दी रहे पनि १ हजार १ सय ४० जनाको दरबन्दी रिक्त रहेको कार्यालयमा आयोजित पत्रकार सम्मेनलमा कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।एसएसपी खनालका अनुसार स्थायी जनसङ्ख्या सवा ३० लाख भए पनि तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा झन्डै ६० लाख जना मानिस रहने अनुमान छ ।

    थोरै सुरक्षाकर्मीबाट पनि काठमाण्डौका ३ वटा जिल्लामा लागू गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना २०८१ तयार गरिरहेको कार्यालयका प्रमुखसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij