Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बाँसबारी छालाजुत्ता कारखानाले देखाइदिएको बाटो (भिडियोसहित)

बाँसबारी छालाजुत्ता कारखानाले देखाइदिएको बाटो (भिडियोसहित)

भक्स पप नेपाल
शुक्रबार, माघ २५ २०८१
भक्स पप नेपाल
शुक्रबार, माघ २५ २०८१
  • काठमाडौं । ४९ वर्षे कामेश्वर राम पैसा कमाउन भनेर राजधानी छिरेकै ३० वर्ष भयो । सप्तरीको तिरहुत गाउँपालिकामा जन्मिएका उनी खेती किसानी गर्दे आएका थिए । तर कृर्षि पेसा गर्दा धेरै जोखिम भएपछि उनले गाउँ नै छोडेर काठमाडौं हानिए । उनी भन्छन् ‘खेतीपातीमा दुख मात्रै हो हजुर न त सरकारको सहयोग न त फाइदा नै हुन्छ । खेती लगायो तर कहिले रोग लाग्ने कहिले बाढीले बगाउने किसान सधैँ मर्कामा बरु काम गर्न सक्यो भने त पैसा कमाइन्छ ।पैसाले किनेर खाए भइहाल्यो ’ पैसा कमाएर सुख पाउने सपना बोकेर काठमाडौं आएका कामेश्वरले सोचेजस्तो भने भएन । 

    images

    काठमाडौंमा आएपछि काम खोज्दै जाँदा उनले ज्यामी काम पाए । काम नपाएका कामेश्वर काम पाउँदा निकै खुसी भए । उनले दैनिक ३५ रुपैयाँ कमाउन थाले । दैनिक काम पाएपछि उनको दैनिकी अलि सहज भयो । उनी सँगै बसेका साथीले उनका दुख देखिरहेका थिए । उनैले नै कामेश्वरलाई बाँसबारी छालाजुत्ता कारखानामा काम लगाइदिए । साथीको सहयोगबाट नै उनले जुत्ता कारखानामा जुत्ता सिलाउन सिके । अहिले उनी काठमाडौं महानगरपालिका २९ कालिकास्थानमा भेटिन्छन्। जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुँडिएको जोड्नु उनको पेसा हो । यो पेसाले उनलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दैछ । दैनिक १ हजारदेखि ३ हजारसम्म कमाउँछन् उनी ।  

    बिहान ७ बजेतिर उनी  डेराबाट कालिका स्थान पुग्छन् । चोकनजिकै ग्राहक पर्खन्छन्।  ११ बजेसम्म त्यहाँ बस्छन्। त्यसपछि खाना खान डेरा जान्छन्। खाना खाएर एक छिन आराम गरेपछि पुनः काममा फर्किन्छन्। जुत्ता, छाता सिलाउने, पालिस लगाउने काम गर्छन्। व्यवसाय राम्रोसँग चलेको उनी बताउँछन्। उनी भन्छन्,“काम सानो र ठुलो हुँदैन। जुत्ता सिलाउने पेसा भनेर लाज मान्न आवश्यक छैन। अर्काको चोरेर, मागेर, छलेर, झुकेर खानुभन्दा भगवान्ले दिएका हातखुट्टाले काम गरेर खानु नै बेस। ” उनले विदेशमा गएर जे काम पनि गर्न तयार हुने तर नेपालमा पेसाप्रति सम्मान नगरेकोमा  गुनासो गरे ‘ विदेशमा गएर जे पनि काम गर्न तयार हुन्छन् तर नेपालमा किन कामलाई विभेद गर्छन् म बुझ्नै सक्दिन ’ कुनै पनि सीप सानो–ठुलो नहुने र काम गर्नका लागि कुनै पनि घृणा गर्न नहुने उनको भनाइ छ । ‘जुनसुकै काम पेसा सानो ठुलो हुँदैन।’ उनले भने, ‘काम गर्नलाई कुनै पनि हिचकिचाहट गर्नु हुँदैन।’ मानिसहरू काम कुनै पनि काम गर्नका लागि सानो ठुलो रूपमा हेर्ने गरेको त्यसै कारणले हाम्रो समाजले प्रगति गर्न नसकेको उनले बताए । उनले सानो लगानीबाट पनि यो पेसा गर्न सकिने बताए ।

    तर कहिलेकाहीँ ग्रहकहरुले श्रमअनुसारको मूल्य नदिएको अनुभव पनि उनीसँग छ । ‘५० रुपैयाँको काम ग¥यो भने २० रुपैयाँ मात्र दिन्छन्, १ सय रुपैयाँ दिनुपर्ने ठाउँमा ६० रुपैयाँ मात्र फालेर हिँड्छन्,’ उनले विवशता व्यक्त गरे, ‘के गर्नुरु जति दिन्छन्, त्यति थाप्छु हजुर१’ तर सबै ग्राहक उस्तै नहुने र भनेको ज्याला दिने असल र इमानदार पनि आउने गरेको उनले सुनाए । उनको यो पेसाले ९ जनाको परिवारको गुजारा चलेको उनी बत्ताउँछन् ।  कोरोनाकाल अघि व्यापार झनै राम्रो भएपनि अहिले अलि सुस्ताएको उनले बताए । उनी भन्छन् ‘यो लकडाउन पछि त व्यवसाय चौपट भएको छ , महँगी बढेको छ , महिनामा तिस हजार जस्तै आम्दानी हुन्छ । गर्न सके त राम्रो छ नि अब उमेर सकिन लागिहाल्यो ।’ अहिलेका युवा पुस्तालाई  यो पेसामा आकर्षित गर्नुपर्ने उनी बत्ताउँछन् । आर्थिक र व्यावसायिक तालिमको व्यवस्था गर्न सके  थप रोजगारीको सिर्जना हुने उनी बत्ताउँछन् ।

     
     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij