Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

तराईका केही ठाउँमा हुस्सु कुहिरो, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

तराईका केही ठाउँमा हुस्सु कुहिरो, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

भक्स पप नेपाल
शुक्रबार, माघ २५ २०८१
भक्स पप नेपाल
शुक्रबार, माघ २५ २०८१
  • काठमाडौं । आज तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली छ । देशका अरु ठाउँमा आज मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा नै रहने छ । 

    images

    त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij