Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

परिक्षणका लागि पानीमुनि टेलिस्कोप राख्न चिनियाँ वैज्ञानिक सफल

परिक्षणका लागि पानीमुनि टेलिस्कोप राख्न चिनियाँ वैज्ञानिक सफल

भक्स पप नेपाल
बिहीबार , माघ २४ २०८१
भक्स पप नेपाल
बिहीबार , माघ २४ २०८१
  • काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले दक्षिण चीन सागरमा उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप (हन्ट) को सफलतापूर्वक प्रक्षेपण गरेका छन् । चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) अन्तर्गत उच्च ऊर्जा भौतिक संस्थान (आईएचईपी्) का अनुसार हन्टले ब्रह्माण्डलाई राम्रोसँग बुझ्नको लागि विशेष वैज्ञानिक डाटा खोज्ने प्रक्रियालाई बुझाउँछ । यस टेलिस्कोपले कणहरू खोज्ने र अध्ययन गर्ने काम गर्छ जसले वैज्ञानिकहरूलाई ब्रह्माण्डको बारेमा थप जान्न मद्दत गर्ने चिनियाँ समाचार सस्था सिन्ह्वाले जनाएको छ ।

    images

    वैज्ञानिक अनुसन्धानमा जहाज तानसुओ–३ र मानवयुक्त पनडुब्बी शेन्हाई योङ्शीले समुद्रको सतहभन्दा एक हजार ६ सय  मिटर तल पूर्वनिर्धारित ठाउँमा डिटेक्टर तैनाथ गर्न मद्दत गरेको संस्थानले जनाएको छ । आईएचईपीका अनुसार डिटेक्टर चीनको समुद्रमुनि वैज्ञानिक अवलोकन नेटवर्क र प्राविधिक पूर्वाधारमा पनि सफलतापूर्वक जडान गरिएको थियो ।

    न्यूट्रिनो एक धेरै सानो कण हो, जुन हेर्न धेरै गाह्रो छ । यसले प्राथमिक जानकारी बोक्छ । चिनियाँ वैज्ञानिकहरूले हन्टलाई ठूलो मात्रामा वैज्ञानिक उपकरणको रूपमा प्रस्ताव गरेका छन्, जसले न्यूट्रिनो खगोल विज्ञानको विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij