Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

मन्त्री चौधरी र सभामुख अर्यालबीच कोप–३१ बारे छलफल

मन्त्री चौधरी र सभामुख अर्यालबीच कोप–३१ बारे छलफल

बिहीबार , कात्तिक १२ २०८३
बिहीबार , कात्तिक १२ २०८३
  • काठमाडौं । टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (COP–३१) मा नेपालको प्रभावकारी सहभागिता, जलवायु वित्त र राष्ट्रिय एजेन्डाको सशक्त प्रस्तुतिबारे कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र प्रतिनिधिसभाका सभामुख डी.पी. अर्यालबीच छलफल भएको छ।

    images

    कार्तिक ११ गते भएको छलफलमा सम्मेलनमा सहभागी हुने सांसदका लागि मापदण्ड निर्धारण, राष्ट्रिय जलवायु शिखर सम्मेलनको आयोजना र नेपालको अडानपत्र सार्वजनिक गर्नेलगायत विषयमा पनि कुराकानी भएको हो।

    नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तल्यामा हुने COP–३१ मा नेपालले जलवायुजन्य विपद्, अनुकूलन र जलवायु वित्तका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। भोटेकोशी बाढीका लागि हानि तथा नोक्सानी कोष (FRLD) बाट २० मिलियन अमेरिकी डलर सहयोग प्राप्त हुने भएको छ भने अनुकूलन कोषबाट नेपालका तीन परियोजनाका लागि ४५ मिलियन अमेरिकी डलर स्वीकृत भएका छन्।

    छलफलमा अन्तर संसदीय संघको १५३औँ महासभामा जलवायुजन्य विपद्सम्बन्धी आकस्मिक प्रस्ताव दुई तिहाइ बहुमतले पारित गराउन सभामुख अर्यालले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो।

    COP–३१ मा सहभागी हुन इच्छुक सांसदले आफ्नो सहभागिताको योजना र स्रोत व्यवस्थाबारे खुलाएर पत्र पेस गर्नुपर्नेछ। आफ्नै खर्चमा सहभागी हुन चाहने सांसदका लागि अभिरुचि पत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) फारम खुलाइनेछ। सरकारी सहयोग प्राप्त गर्न सभामुखको पत्र अनिवार्य हुने व्यवस्था गरिएको छ। सम्मेलनका लागि प्रत्यायन कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिनेछ। उक्त मन्त्रालय जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (UNFCCC) को फोकल मन्त्रालय हो।

    सम्मेलनअघि मन्त्री चौधरीको अध्यक्षता र परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्यमा राष्ट्रिय जलवायु शिखर सम्मेलन आयोजना गरिनेछ। उक्त सम्मेलनमा पर्वतीय रणनीति ‘लिभिङ सगरमाथा’ अनावरण गर्नुका साथै COP–३१ का लागि नेपालको अडानपत्र सार्वजनिक गरिनेछ।

    अन्तल्यामा सञ्चालन हुने नेपाल पेभिलियनमा भोटेकोशी–रसुवा बाढी तथा नेपाली निकायले गरेका काम प्रदर्शन गरिनेछ। नोभेम्बर ९ देखि १९ सम्म ४४ वटा साइड इभेन्ट आयोजना हुनेछन्। तीमध्ये नोभेम्बर ९ मा ‘Strengthening Mountain Resilience Through Adaptation Finance’ र नोभेम्बर १२ मा उच्चस्तरीय साइड इभेन्ट नेपालले आयोजना गर्नेछ।

    छलफलमा COP–३१ को तयारीलाई प्रभावकारी बनाउन तथा सम्मेलनमा नेपालको सहभागितालाई व्यवस्थित, समावेशी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij