Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

मल खरिदका लागि १० अर्ब, टेन्डर आह्वानको तयारी

मल खरिदका लागि १० अर्ब, टेन्डर आह्वानको तयारी

मंगलबार, असोज ६ २०८३
मंगलबार, असोज ६ २०८३
  • काठमाडौं । आगामी खेती सिजनमा रासायनिक मलको अभाव हुन नदिन सरकारले खरिद प्रक्रिया अघि बढाउने भएको छ। आवश्यक मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले टेन्डर आह्वानको तयारी थालेको हो।

    images

    समयमै मल खरिद गरी किसानलाई खेतीको मुख्य सिजनमै सहज रूपमा उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। स्रोत सुनिश्चित भएसँगै अब आवश्यक परिमाणको मल खरिदका लागि टेन्डर आह्वान गरिनेछ।

    कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मलको खरिद र आपूर्ति व्यवस्थापनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। मुख्य खेतीको समयमा मलको माग बढ्ने भएकाले त्यसअघि नै आवश्यक मलको व्यवस्थापन गर्न मन्त्री चौधरीले जोड दिएकी हुन्।

    नेपालमा खेतीको मुख्य सिजनमा रासायनिक मलको माग उच्च हुने गर्छ। तर खरिद प्रक्रिया ढिला हुँदा विगतमा किसानले आवश्यक समयमा मल नपाउने समस्या दोहोरिँदै आएको छ। यही समस्या नदोहरियोस् भनेर आगामी सिजनलाई लक्षित गरी खरिद प्रक्रिया समयमै अघि बढाउन लागिएको हो।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij