Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित

सोमबार, असोज ५ २०८३
सोमबार, असोज ५ २०८३
  • काठमाडौं । सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्ने उद्देश्यले ल्याइएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।

    images

    कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले प्रस्तुत गरेको विधेयकले सङ्क्रामक पशु रोगबाट हुन सक्ने क्षति न्यूनीकरणसँगै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षणलाई कानुनी आधार दिनेछ।

    विधेयकमा सङ्क्रामक पशु रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने व्यवस्था समेटिएको छ। त्यस्तै, पशु तथा पशुजन्य पदार्थको सुरक्षित व्यापार प्रवर्द्धनका लागि समेत कानुनी आधार तयार गर्ने उद्देश्य विधेयकले लिएको छ।

    विधेयकले सङ्क्रामक रोगको जोखिम न्यूनीकरण तथा नियन्त्रणमार्फत पशु स्वास्थ्यसँगै जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यको संरक्षणमा जोड दिएको छ।

    राष्ट्रिय सभाले असोज ५ गते विधेयक सर्वसम्मतिले पारित गरेको हो।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij