काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा नुवाकोटलगायतका क्षेत्रमा उद्धार राहत स्वास्थ्य सेवा तथा सरसफाइ अभियानलाई प्रभावकारी बनाउन योङ कम्युनिस्ट लिग (YCL) नेपाल सक्रिय भएको छ।
YCL का अनुसार बाढीबाट घाइते तथा विस्थापित नागरिकलाई होल्डिङ सेन्टरसम्म पुर्याउने भोजनको व्यवस्था गर्ने तथा आवश्यकताअनुसार काठमाडौंसम्म ल्याउने कार्य गरिएको छ।
त्यस्तै संगठनको प्रदेश तथा केन्द्रीय तहसँग समन्वय गरी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बृहत् रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको जनाइएको छ।
बाढीका कारण मुख्य सडक तथा आवागमन प्रभावित भएपछि रसुवातर्फ पुग्न वैकल्पिक सडकको खोजीसमेत गरिएको छ। त्रिशूलीपारिको कोलनी तुप्चे बेत्रावती हुँदै रसुवा जाने मार्ग तथा लच्याङ सरमथली कालिकास्थान हुँदै धुन्चेसम्म पुग्ने वैकल्पिक सडकको सम्भाव्यता पहिचान गर्ने काम गरिएको YCL ले जनाएको छ।
संगठनको पहलमा विभिन्न संघसंस्था तथा स्थानीय निकायसँग समन्वय गरी विदुर कोलनी जुगेटार आँगुटार तुप्चेलगायतका प्रभावित क्षेत्रमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालनमा समेत सहयोग गरिएको छ।
YCL ले आगामी दिनमा खोज उद्धार श्रम तथा सरसफाइ अभियानलाई थप प्रभावकारी र परिणाममुखी बनाउन जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सम्बन्धित पीडित परिवारसँग समन्वय गरी देशभरबाट स्वयंसेवक परिचालन गर्ने तयारी गरेको जनाएको छ।
यसैबीच हालसम्म सञ्चालन गरिएको खोज उद्धार श्रम तथा सरसफाइ अभियानका क्रममा फेला परेका महत्वपूर्ण सामग्रीसमेत सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको संगठनले जनाएको छ।
अभियानका क्रममा करिब ५० तोला सुन ७० तोला चाँदी ल्यापटप नगदलगायतका सामग्री फेला पारी सम्बन्धित धनीलाई बुझाइएको बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै खोज तथा उद्धार, सरसफाइ र पुनःस्थापनाका कामलाई निरन्तरता दिने जनाएको छ ।


