Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

तेमाल गाउँपालिकाले बाढीपीडितलाई २५ लाख दिने

तेमाल गाउँपालिकाले बाढीपीडितलाई २५ लाख दिने

बिहीबार , भदौ २५ २०८३
बिहीबार , भदौ २५ २०८३
  • काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा नुवाकोट र धादिङका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति काभ्रेको तेमाल गाउँपालिकाले दुःख व्यक्त गरेको छ।

    images
    FB_IMG_1789049032076.jpg

    गाउँपालिकाले बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    विपत्तिको समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले तेमाल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    गाउँपालिकाका जनप्रतिनिधिहरूले १० दिन बराबरको सेवासुविधाबापतको रकम तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारी र शिक्षकहरूको पारिश्रमिकबाट कट्टा गरिएको रकमसमेत गरी उक्त सहयोग रकम जुटाइएको गाउँपालिकाले जनाएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij